ह्सपुरको बालशिक्षा माविमा अखिल क्रान्तिकारीले लगायो ताला

ह्सपुरको बालशिक्षा माविमा अखिल क्रान्तिकारीले लगायो ताला

काठमाडौँ : अर्घाखाँची जिल्लाको मालारानी गाँउपालिका वडा नं. ८ कमरेपानीमा रहेको बालशिक्षा माध्यमिक विद्यालयमा विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी जिल्ला समिति अर्घाखाँचीले विविध माग राख्दै बिहीबार विद्यालय प्रशासनमा ताला लगाएको छ ।

सङ्गठनका जिल्ला उपाध्यक्ष पदम नेपालीद्वारा हस्ताक्षित विज्ञप्तिमा सांस्कृतिक रुपमा पतित प्रधानाध्यापकलाई कारयवाही गनुपर्ने नियम विपरीत राखिएका शिक्षकहरूलाई खारेज गरी प्रतिस्पर्धाबाट योग्य शिक्षक नियुक्ति गनुपर्ने, विद्यालयको भवन निर्माणमा आर्थिक चलखेल गरी २ नं. इट्टा प्रयोग गरी विद्यालय बनाएको संरचनालाई तुरुन्त भत्काएर मापदण्ड अनुसार काम गर्न विद्यालयका प्रधानाध्यापक, व्यबस्थापन समितिका अध्यक्षको कम्पनीबाट हटाउन लगायतका माग राख्दै ताला लगाएको उपाध्यक्ष पदम नेपालीले बताए । विद्यालय प्रशासनलाई राजनीतिक अखडा बनाएर विद्यार्थीको भविष्यमाथि खेलवाड गरे त्यो प्रतिफल नराम्रो त्यसबाट सिर्जित समस्याको स्वयम् विद्यालय प्रशासन हुने माग पत्रमा उल्लेख गरिएको छ ।

विगत लामो समयदेखि आन्दोलन गर्दै आएको अखिल क्रान्तिकारीले जिल्लामा देखिएको विकृति विसंगतिका बारेमा सङ्घर्ष गर्दै आएको बताउँदै केन्द्रीय सदस्य नविन खड्काले विद्यार्थीहरूमा माग भएकोले यसमा सबै जिम्मेबार बन्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :