पाल्पामा अखिल (क्रान्तिकारी) द्वारा कालो ब्यानर प्रदर्शन

पाल्पामा अखिल (क्रान्तिकारी) द्वारा कालो ब्यानर प्रदर्शन

पाल्पा : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) पाल्पा जिल्ला समितिले पाल्पामा एमसीसीविरुद्ध ब्यानर प्रदर्शन सम्पन्न गरेको छ ।

अखिल क्रान्तिकारीले राष्ट्रघाति एमसीसी सम्झौता खारेज गरौँ,राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ, Reject MCC लेखिएको ब्यानर प्रदर्शन गरिएको छ । उक्त ब्यानर त्रिभुवन बहुमुखी क्याम्पस गेट अगाडि लगायतका क्याम्पसमा टाँसिएको संगठनको केन्द्रीय सदस्य लंकबहादुर रानाले बताए  ।

उक्त कालो ब्यानर प्रदर्शन गर्ने कार्यक्रममा अखिल (क्रान्तिकारी) पाल्पा जिल्ला समिति संयोजक सुदिप विश्वकर्मा, युवा संगठन नेपाल पाल्पा जिल्ला उपाध्यक्ष वेदप्रसाद विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :