उदयपुरमा राष्ट्रघाती एमसीसी सम्झौता विरुद्धको नेपाल बन्द सफल

उदयपुरमा राष्ट्रघाती एमसीसी सम्झौता विरुद्धको नेपाल बन्द सफल

उदयपुर : राष्ट्रघाती एमसीसी सम्झौता खारेजीको माग गर्दै गरिएको नेपाल बन्दको प्रभाव उदयपुरमा व्यापक रुपले परेको थियो । नेपाल कम्युनिस्ट पार्टीसहित पाँच दल र एक मोर्चाको संयुक्त आयोजनामा आह्वान् गरिएको नेपाल बन्दको प्रभावका कारण सवारीसाधन, बजार ठप्प रहेको थियो ।

नेपाल बन्द सफल पार्न उदयपुरको कटारी नगरपालिका, बेलाका नगरपालिका चौदण्डी गढी नगरपालिका र त्रियुगा नगरपालिकामा बिहानैदेखि नेकपा लगायतको पार्टीका नेताकार्यकर्ता सडकमा खटिएका थिए, बन्दको कारण त्यहाँका उद्योग धन्दा, यातायात ब्याबसाय, शौशिक संस्थाहरू सबै बन्द थियो ।

बन्दको क्रममा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य देहज बिष्ट दलाल संसदीय व्यवस्थाका मतियारहरूले गिरफ्तार गरेको थियो भने बन्दको अन्त्यमा नेकपाका केन्द्रीय सदस्य बिबेक कुमालले राष्ट्रहित विपरीत रहेको एमसीसी सम्झौता विरुद्धको नेपाल बन्द सफल पार्न सहयोग गर्नुहुने उदयपुरबासी उद्योगी ब्यापारी, बुद्धिजीवी, यातायात ब्याबसायी, शौशिक संस्था, प्रहरी, पत्रकार र नेताकार्यकर्तालाई बिशेष धन्यवाद दिए । उनले राष्ट्रिय स्वाधिनता र स्वतन्त्रता माथिको अमेरिकी साम्राज्यवादको नाङ्गो हस्तक्षेपको विरुद्ध नेपाल बन्दको आह्वान् गर्नु परेको बताउँदै कुनै पनि हालतमा राष्ट्रघाती एमसीसी सम्झौता अनुमोदन नगर्न दलाल सरकारलाई आह्वान् गर्दै यदि जो कोहीले संसदमा एमसीसी सम्झौता गरिहाले नेकपाले थप सङ्घर्षको कार्यक्रम ल्याउने र सडकबाटै एमसीसीको मतियारहरूलाई लखेट्ने कडा चेतावनी दिएका छन् ।

कार्यक्रममा मालेबाट रामप्रसाद चौलागाईं, बैज्ञानिक समाजबादीबाट गोकुल चाम्लिङ र क्रान्तिकारी माओवादीबाट मोहनसिंह तामाङले एमसीसीको विरुद्धमा मन्तब्य राखेका थिए भने कार्यक्रम सञ्चालन नेकपाका उदयपुर सेक्रेटरी लक्ष्मण पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :