कपिलवस्तुमा नेपाल बन्द पूर्ण रूपमा सफल

कपिलवस्तुमा नेपाल बन्द पूर्ण रूपमा सफल

कपिलवस्तु : राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध शान्तिपूर्ण नेपाल बन्दको क्रममा कपिलवस्तु जिल्लामा पूर्ण प्रभाव परेको छ । बन्दको क्रममा जिल्लाका सम्पूर्ण बजार क्षेत्र, राजमार्ग, उद्योग कलकारखाना, शैक्षिक संस्था, यातायात बन्द भएको थियो ।

बिहानैदेखि बन्दको क्रममा नेकपाका नेता कार्यकर्ताहरू शान्तिपूर्ण रुपमा जुलुस तथा प्रदर्शनहरू गरेका थिए । प्रदर्शनमा एमसीसी सम्झौता खारेज गर्नुपर्ने माग गर्दै देशभक्त नेपालीहरूलाई साम्राज्यवादविरुद्ध सङ्घर्ष गर्न एक हुन अपिल गरेका थिए ।

प्रदर्शनपछि चनौटा, पचेहरा र गोरूसिङ्गेमा कोणसभा सम्पन्न भएको नेकपा केन्द्रीय सदस्य एवम् कपिलवस्तु/अर्घाखाँची इन्चार्ज जुझारुले बताए । जसअन्तर्गत गोरूसिङ्गेमा भएको कोणसभालाई अनेमसंघ क्रान्तिकारी केन्द्रीय सदस्य ममता, पचेहरामा नेकपाका नेता सुनिल र चनौटामा भएको कोणसभामा युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य बादल र नेकपा शिवराज नगरपालिका सेक्रेटरी पावेलले सम्बोधन गरेका थिए ।

नेपाल बन्दको पूर्वसन्ध्यामा कपिलवस्तुमा भएको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :