एमसीसी विरुद्ध युवा संगठन नेपालद्वारा प्युठानमा सडक सम्वाद कार्यक्रम सम्पन्न

एमसीसी विरुद्ध युवा संगठन नेपालद्वारा प्युठानमा सडक सम्वाद कार्यक्रम सम्पन्न

प्युठान: नेपाल कम्युनिस्ट पार्टी सहित ५ दल र एक मोर्चाद्वारा राष्ट्रघाती सम्झौता एमसीसीको विरुद्ध आयोजना गरिएको नेपाल बन्द सफल पार्न प्यूठानमा सडक सम्वाद कार्यक्रम भएको छ ।

नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल प्यूठानको आयोजनामा गरिएको सडक सम्वाद कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय जनमोर्चाका युवाहरुले एमसीसी सम्झौता राष्ट्रघाती रहेको बताएका छन् ।

नेपाल बन्दलाई सिर्जनात्मक रुपमा सफल पार्नको लागि मात्र नभई एमसीसी सम्झौता कति ठिक कति बेठिक जिल्ला तहमा व्यापक बहसको विषय बनाउने उद्देश्यले सडक सम्वाद कार्यक्रमको आयोजना गरिएको युवा संगठन नेपाल लुम्बिनी प्रदेशका संयोजक हरि बस्नेतले बताए । 

सम्वाद कार्यक्रममा नेकपा प्यूठानका पूर्व जिल्ला इन्चार्ज रत्न थापाले एमसीसी सम्झौता राष्ट्रघाती रहेको र अमेरिकी सम्राज्यवादको नेपाललाई युद्धभुमि बनाउने रणनीति भएको बताए । यसर्थ राष्ट्रघाती एमसीसी सम्झौतालाई जनस्तरबाटै खारेज गर्न आम नागरिकलाई उनले आग्रह गरे । त्यस्तै नेकपा ९माओवादी केन्द्र० प्यूठानका नेता कृष्ण घिमिरेले पनि राष्ट्रिय स्वाधीनताका लागि एमसीसी सम्झौता घातक भएकोले संसदमा टेबुल गर्नै नहुने बताए ।

कार्यक्रममा नेकपा एमाले र राष्ट्रिय जनमोर्चाका नेताहरुले एमसीसी सम्झौता राष्ट्र हित विपरित रहेकोले हुबहु पास गर्न नहुने बताएका छन् ।
युवा संगठन नेपाल लुम्बिनी प्रदेश संयोजक हरि बस्नेतले
पुर्खाले आर्जेको देश अमुक दल वा कुनै मन्त्रीको सनकमा संसदमा पास भइ हाल्ने र अमेरिकालाई आफ्नो गोजीको सम्पत्ति जस्तै सजिलै दिइ हाल्ने अधिकार नभएको बताए एमसीसीको विरुद्ध प्यूठानमा सडक सम्वाद कार्यक्रम सम्पन्न
राजेन्द्र रावत क्षेत्री
प्यूठानस् नेपाल कम्युनिस्ट पार्टी सहित ५ दल र एक मोर्चाद्वारा राष्ट्रघाती सम्झौता एमसीसीको विरुद्ध आयोजना गरिएको नेपाल बन्द सफल पार्न प्यूठानमा सडक सम्वाद कार्यक्रम भए रको छ ।

नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल प्यूठानको आयोजनामा गरिएको सडक सम्वाद कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय जनमोर्चाका युवाहरुले एमसीसी सम्झौता राष्ट्रघाती रहेको बताएका छन् ।

नेपाल बन्दलाई सिर्जनात्मक रुपमा सफल पार्नको लागि मात्र नभई एमसीसी सम्झौता कति ठिक कति बेठिक जिल्ला तहमा व्यापक बहसको विषय बनाउने उद्देश्यले सडक सम्वाद कार्यक्रमको आयोजना गरिएको युवा संगठन नेपाल लुम्बिनी प्रदेशका संयोजक हरि बस्नेतले बताए ।

सम्वाद कार्यक्रममा नेकपा प्यूठानका पूर्व जिल्ला इन्चार्ज रत्न थापाले एमसीसी सम्झौता राष्ट्रघाती रहेको र अमेरिकी सम्राज्यवादको नेपाललाई युद्धभुमि बनाउने रणनीति भएको बताए । यसर्थ राष्ट्रघाती एमसीसी सम्झौतालाई जनस्तरबाटै खारेज गर्न आम नागरिकलाई उनले आग्रह गरे । त्यस्तै नेकपा (माओवादी केन्द्र) प्यूठानका नेता कृष्ण घिमिरेले पनि राष्ट्रिय स्वाधीनताका लागि एमसीसी सम्झौता घातक भएकोले संसदमा टेबुल गर्नै नहुने बताए ।

कार्यक्रममा नेकपा एमाले र राष्ट्रिय जनमोर्चाका नेताहरुले एमसीसी सम्झौता राष्ट्र हित विपरित रहेकोले हुबहु पास गर्न नहुने बताएका छन् ।
युवा संगठन नेपाल लुम्बिनी प्रदेश संयोजक हरि बस्नेतले
पुर्खाले आर्जेको देश अमुक दल वा कुनै मन्त्रीको सनकमा संसदमा पास भइ हाल्ने र अमेरिकालाई आफ्नो गोजीको सम्पत्ति जस्तै सजिलै दिइ हाल्ने अधिकार नभएको बताए ।

आज जिल्लाभर कोणसभा, नारा जुलुस, सडक सम्वादसहित नेपाल बन्द कार्यक्रम सफल पार्न सहयोग गर्ने आम जिल्लाबासीलाई नेपाल कम्युनिस्ट पार्टी प्यूठान सहित ५ दलले हार्दिक धन्यवाद ज्ञापन गरेको नेकपा प्यूठानका इन्चार्ज दल बहादुर केसी जागृतिले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :