कञ्चनपुरमा बन्दको पूर्ण प्रभाव, राष्ट्रघाती एमसीसी खारेज गर्नुमा सबैको समर्थन

कञ्चनपुरमा बन्दको पूर्ण प्रभाव, राष्ट्रघाती एमसीसी खारेज गर्नुमा सबैको समर्थन

कञ्चनपुर : अमेरिकी अनुदान एमसीसी परियोजना खारेजीको माग गर्दै घोषणा गरिएको नेपाल बन्दको असर कञ्चनपुरमा पनि पूर्ण रुपमा परेको छ । जिल्लाको मुख्य बजार महेन्द्रनगर लगायत सबैतिर व्यापार व्यवसाय ठप्प भएको छ । अत्यावस्यक सामग्रीको पसल बाहेक अन्य पसल व्यवसाय खुलेका छैनन्, सार्वजनिक यातायात पूर्ण बन्द रहेका थिए ।

नेपाल कम्युनिस्ट पार्टी लगायत ६ मोर्चाद्वारा राष्ट्रघाती सम्झौता एमसीसी खारेजीको माग राख्दै गरिएको बन्दमा पूर्ण जनसमर्थन रहेको देखिन्छ ।

आन्दोलनकर्ताहरूले बजारमा नारा लगाउँदै खुला पसल, यातायात व्यवसायीलाई सौहार्दपूर्ण तरिकाले बन्द गर्न आग्रह गरिरहेका थिए । अन्त्यमा कोणसभालाई सम्बोधन गर्दै नेकपा निकट कञ्चनपुर जिल्ला सचिव जीवन परियारले देश र जनताको हित विपरित रहेको राष्ट्रघाती सम्झौता एमसीसी खारेजीको माग गर्दै गरिएको बन्दमा जनताको जनसमर्थनले बन्द पूर्ण सफल भएको बताए । उनले भने,“देशको अस्मिता पहिचान स्वाधीनतालाई साम्राज्यवादी राष्ट्र अमेरिकाको सामु बेच्ने दलालहरूको विरुद्ध हाम्रो सङ्घर्ष निरन्तर रहनेछ ।” सबै न्यायप्रेमी जनसमुदायलाई यो राष्ट्रिय स्वाधिनता बचाउने अभियानमा समाहित हुन आग्रह गर्दै बन्द सफल पार्न सहयोग गर्नुहुने उद्योगी, व्यवसायी, व्यापारी सबैलाई नेकपा सचिव जीवनले धन्यवाद दिएका छन् । आगामी दिनमा पनि यो राष्ट्रघाती सम्झौता पूर्ण रूपमा खारेज नहुँदासम्म आन्दोलन निरन्तर रहने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :