कञ्चनपुरमा सहिदहरूको सम्मान स्वरूप अभिनन्दन र दीप प्रज्वलन

कञ्चनपुरमा सहिदहरूको सम्मान स्वरूप अभिनन्दन र दीप प्रज्वलन

कञ्चनपुर : सहिदहरूको सम्मान स्वरूप कञ्चनपुरमा दीप प्रज्वलन गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी कञ्चनपुरले देशको हित र राष्ट्रियताको लागि बलिदान गरेका सहिदहरूको सम्झनामा सहिद सप्ताहको उपलक्ष्यमा दीप जलाएको अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष टेकेन्द्र पाठकले बताए ।

उक्त दीप प्रज्वलन कार्यक्रममा नेकपा कञ्चनपुर जिल्ला सचिव जीवन परियार, अखिल क्रान्तिकारीका केन्द्रीय सचिव वीरेन्द्र शाह, सङ्गठनकै सुदूर–पश्चिम इन्चार्ज प्रकाश जप्रेल, सङ्गठनका कञ्चनपुर जिल्ला इन्चार्ज ललित एसके लगायत जिल्लाका सङ्गठनका नेताहरूको सहभागिता रहेको थियो ।

त्यसैगरी सोही सहिद सप्ताहको अवसरमा नेकपा कञ्चनपुर भीमदत्त नगर समितिद्वारा सहिद परिवारलाई सम्मान गरेको छ । शनिबार नेकपाले जनयुद्धका क्रममा सहादत प्राप्त गर्ने नगर भित्रका महान ८ सहिदहरू निर्मला सुनार, तेजबहादुर कार्की, प्रितबहादुर बिष्ट, रामप्रसाद डगौँरा, रामकृष्ण डगौँरा, जयबहादुर चन्द, कलविर सार्की, शशी कुमार डगौँरा सहिद परिवारहरूका घरघरमा पुगेर अभिनन्दन पत्र, फलफुल र दोसल्ला ओढाएर सम्मान र अभिनन्दन गरेको नेकपा नगर सचिव दीपेन्द्र ऐरीले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :