कञ्चनपुरमा बन्दकर्तामाथि प्रहरीको बर्बर दमन

कञ्चनपुरमा बन्दकर्तामाथि प्रहरीको बर्बर दमन

कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरमा बन्दकर्तालाई प्रहरीले निर्ममतापूर्वक लाठी प्रहार गरेर घाइते बनाएको छ । बन्द गराउने क्रममा नेकपा कञ्चनपुर भीमदत्तनगर सचिव दीपेन्द्र ऐरी र अखिल क्रान्तिकारी कञ्चनपुरका सहसचिव हरिश ऐरीलाई प्रहरीले लट्ठी प्रहार गरी घाइते बनाएको हो ।

यस विषयमा नेकपाका जिल्ला सचिव जीवन परियारले राष्ट्रहितका लागि गरिरहेको शान्तिपूर्ण आन्दोलनलाई प्रहरीले दमन गरेको बताए । त्यो दमनलाई आफूहरूले सशक्त रूपमा प्रतिकार गर्ने उनले बताए । नेता परियारले भने, ‘देशको राष्ट्रियता सङ्कटमा रहेको बेला सबैले यो बन्द र आन्दोलनलाई सहयोग र समर्थन गर्नुपर्छ । प्रहरीले दमन गर्ने नीति तत्काल रोक्नुपर्छ । नरोके असहज स्थिति पैदा हुनसक्छ ।’

यो अमर्यादित गतिविधिलाई प्रहरीले तत्काल रोक्नुपर्ने र जनताका जायज मुद्दालाई सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :