नेकपाले कानुनमन्त्री बडुको घरमा झुण्ड्यायो कालो ब्यानर

नेकपाले कानुनमन्त्री बडुको घरमा झुण्ड्यायो कालो ब्यानर

दार्चुला : नेपाल कम्युनिस्ट पार्टी दार्चुलाले कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुको घरमा कालो झण्डासहित ब्यानर झुण्ड्याएको छ । राष्ट्रघाती एमसीसी खारेज गर्न माग गर्दै नेकपाले बिहीबार महाकाली नगरपालिका ५ नमस्कारस्थित मन्त्री बडुको घरमा कालो झण्डा र ब्यानर झुण्ड्याएको हो ।

नेकपा दार्चुला जिल्ला सचिव भरत मल्लले मन्त्री बडुले राष्ट्रघाती एमसीसी पारित गराउन सहयोग गरेका कारण विरोध स्वरुप उनको घरमा कालो झण्डा र ब्यानर लगाइएको बताए । उनले भने, “देशको राष्ट्रियता स्वाभिमानलाई बेचेर निहित स्वार्थ पूरा गर्ने गैरजिम्मेवार जनप्रतिनिधिलाई हामी सामजिक बहिस्कार गर्ने छौ ।”

मन्त्रीलाई दलालको संज्ञा दिइएको उक्त ब्यानरमा राष्ट्रघाती एमसीसी खारेज गर, राष्ट्रिय स्वाधीनताको रक्षा गर, देश बेच्न पाइँदैन, दलाल सरकार चाहिँदैन लगायतका नारा पनि लेखिएको छ ।

एमसीसीको विरोधमा विप्लव नेतृत्वको नेकपाले बिहीबार दिउँसो खलङ्गामा नारा, जुलुससहित प्रर्दशनसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :