कञ्चनपुरमा संयुक्त दलहरूद्वारा राष्ट्रघाती एमसीसीको विरुद्धमा प्रदर्शनसहित जनसभा

कञ्चनपुरमा संयुक्त दलहरूद्वारा राष्ट्रघाती एमसीसीको विरुद्धमा प्रदर्शनसहित जनसभा

कञ्चनपुर : राष्ट्रघाती सम्झौता एमसीसी खारेजीको माग गर्दै ६ वटा दल र दुई मोर्चाद्वारा कञ्चनपुरमा विरोध प्रदर्शनसहित कोणसभा सम्पन्न भएको छ ।

आइतबार महेन्द्रनगर खुलामञ्चबाट सुरु भएको र्याली राष्ट्रघाती सम्झौता एमसीसी खारेज गर, दलालहरू मुर्दाबाद जस्ता नारा लगाउँदै प्रशासन घेराउ गरेको थियो र संविधान चोकमा कोण सभामा परिणत भएको थियो ।

कार्यक्रममा बोल्दै नेकपा निकट केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज रामबहादुर चौधरी ‘महान’ ले नेपाली जनता नै सर्वस्व निर्णायक हुन र राष्ट्रहित विपरीत रहेको राष्ट्रघाती एमसीसी सम्झौतालाई पनि नेपाली जनताले खारेज गर्नेछन् । विगतमा पनि संसदवादी दलालहरूले देशमा थुरै राष्ट्रघाती सन्धि सम्झौता गरिसकेको र अहिले पनि विदेशी अनुदानको नाममा राष्ट्रको स्वाभिमान र राष्ट्रियतालाई बेच्न लागेको उनले बताए । थप्दै भने, “देशका संसदवादी दलालहरूले बदनियतपूर्ण तरिकाले आफ्नो देशको राष्ट्रियता अमेरिकालाई बेच्ने कुचेष्टा गरिरहेको बताउँदै आफ्नो पार्टीले यो सम्झौता खारेज नगर्दासम्म निरन्तर सङ्घर्ष गर्ने बताए । संयुक्त दलहरूको आन्दोलनलाई सशक्त र निर्णयक ढङ्गले अघि बढाउँने उनको भनाई थियो ।

त्यसैगरी अर्का वक्ता नेकपा (क्रान्तिकारी) माओवादीका केन्द्रीय सदस्य हरी सुवेदीले सम्बोधन गर्दै विगतदेखि क्रान्तिकारीहरूले आफ्नो ज्यानको पनि परवाह नगरी निरन्तर राष्ट्रियताको सवालमा सङ्घर्ष गर्दै आएको बताउँदै अहिलेको यो राष्ट्रघाती सम्झौता एमसीसीलाई कुनै पनि हालतमा लागू हुन नदिने बताए । सहभागी सबै वक्ताहरूले एमसीसी सम्झौता राष्ट्रघाती रहेको निष्कर्षसहित त्यसलाई खारेज हुनुपर्ने मै जोड दिएका थिए भने उनीहरूले राष्ट्रियता जोगाउनका लागि सबै राष्ट्रवादी युवा विद्यार्थी आम जनसमुदायलाई आन्दोलनमा समाहित हुन अपिलसमेत गरेका छन् ।

नेकपाका जिल्ला सचिव जीवन परियारको अध्यक्षता र नेकपाका केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज रामबहादुर चौधरी ‘महान’ को प्रमुख आथित्यतामा भएको विरोध जनसभामा नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य हरि सुवेदी, राष्ट्रिय समाजवादी मञ्चका अध्यक्ष देबीदत्त पाण्डे, क्रान्तिकारी माओवादीका प्रदेश सचिव रामबहादुर महरा, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष रामबहादुर कार्की, विष्णु नेपाली, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी निकटका विजय विश्वकर्मा लगायत नेताहरू अतिथिका रूपमा सहभागी भएका थिए ।

नेकपा सहितका दल र मोर्चाद्वारा राष्ट्रघाती एमसीसी खारेजको माग गर्दै देशैभरि विरोध प्रदर्शन गर्दै आएको छ र देशभरका प्रशासन कार्यालय घेराऊसहित जनसभा सम्पन्न गरेको छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :