इलाममा जिल्ला प्रशासन कार्यालय घेराउ, झडपमा जिल्ला इन्चार्जसहित दर्जनबढी घाइते

इलाममा जिल्ला प्रशासन कार्यालय घेराउ, झडपमा जिल्ला इन्चार्जसहित दर्जनबढी घाइते

इलाम : राष्ट्रघाती एमसीसी सम्झौताबिरुद्ध आन्दोलित बनेको नेपाल कम्युनिस्ट पार्टी सहितका ६ दल र २ मोर्चाको आयोजनामा इलाममा व्यापक बिरोध प्रदर्शन हुनुका साथै जिल्ला प्रशासन कार्यालय घेराउ भएको छ । जिल्ला प्रशासन कार्यालय घेराउको क्रममा झडप हुँदा केही प्रदर्शनकारी र प्रहरीसमेत घाइते भएका छन् ।

इलामको टुंडिखेलबाट सुरु भएको बिरोध प्रदर्शन बजार र चोक हुँदै जिल्ला प्रशान कार्यालय पुगेको थियो । जिल्ला प्रशासन कार्यालयको आँगन परिसरमा कोणसभा गर्न पाउनुपर्ने भन्दै प्रदर्शनकारीहरूले गेटबाट प्रबेश गर्न खोजेपछि प्रहरीले रोकेको थियो । सयौँ प्रहरीहरूको तैनाथीसँग झम्टाझम्टी र ठेलाठेलसहित हात हालाहाल हुँदा प्रदर्शनकारी र प्रहरी घाइते भएका हुन् ।

प्रदर्शनमा एमसीसी खारेज गर, एमसीसीका दलालहरू होसियार, अमेरिकी साम्राज्यवाद मुर्दावाद, दलाल सरकार मुर्दावाद लगायतका नाराहरू लगाइएका थिए । प्रदर्शनपछि कोणसभालाई संबोधन गर्दै नेकपाका केन्द्रीय सदस्य तथा इलाम इन्चार्ज सुमनसिंहले एमसीसी गम्भीर राष्ट्रघात भएको र यो पास गर्नेहरूलाई जिउँदो नछाड्ने चेतावनी दिए । उनले ब्याख्यात्मक घोषणा जनतालाई झुक्याउने भ्रम भएको र एमसीसी जस्तो राष्ट्रघात गर्ने दलालहरू जनताबाट उदाङ्गिएको बताए । उनले सबै नेपाली जनताहरूले राष्ट्रिय मुक्ति युद्धको निम्ति तयार हुनुपर्ने र मुक्ति सेनाको रुपमा आंफूलाई प्रस्तुत गर्नुपर्ने बताए । कोण सभामा नेकपा क्रान्तिकारी माओवादीका रुद्र साम्पाङले पनि सम्बोधन गरेका थिए ।

झडपमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुमनसिंहसहित बिमल आचार्य, रुद्र खाती, तृष्णा, उद्देश्य, दिनेश, अरुणा, मुनालगायत दर्जन भन्दा बढी नेकपाका नेता कार्यकर्ता र विधार्थीहरू घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :