संसद् भवनअगाडि कुकुर बम भेटियो !

संसद् भवनअगाडि कुकुर बम भेटियो !

काठमाडौँ : संसद्‌वादी दलहरूले आइतबार जुन थलोबाट निर्लज्जतापूर्वक राष्ट्रघाती एमसीसी पारित गरेका थिए, त्यसको भोलिपल्टै त्यहाँ कुकुर बम फेलापरेको समाचार सनसनीपूर्ण बनेको छ । एमसीसी पारित गर्ने संसद्‌वादी दलका विरुद्ध जनआक्रोश बढेको समयमा संसद् भवनबाहिर कुकुर बम फेलापरेको जनाइएको छ । एमसीसी पारित गरिएका विरोधमा आह्वान गरिएको नेपाल बन्दका क्रममा काठमाडौँलगायत देशैभर जनआक्रोश बढेके देखिएको छ ।

संसद्‌वादी दलले संसद्‌बाट हिजो राष्ट्रघाती एमसीसी सम्झौता पारित गरेपछि ६ राजनीतिक दल सडक आन्दोलनमा छन् । हिजो संसद्‌बाट एमसीसी पारित गरिएपछि त्यसको विरोधमा सङ्घर्षमा होमिएका राजनीतिक दलले आजका लागि आह्वान गरेको नेपाल बन्दका क्रममा काठमाडौँ संसद् भवनअगाडि कुकुर बम फेलापरेको विषय सनसनीपूर्ण बनेको हो । हिजो त्यहीँभित्रबाट काङ्ग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र एमालेले कथित ध्वनिमतले राष्ट्रघाती एमसीसी पारित गरेका थिए ।

एमालेले एमसीसीविरुद्ध नभएर अरू विषयमा नाराबाजी गरेर अन्य संसद्‌वादी दललाई एमसीसी पारित गर्न सजिलो बनाइदिएको थियो । केपी वली सरकारमा हुँदा उनले एमसीसी पारित गर्न ठूलो प्रयास गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :