शान्तिपूर्ण बन्दका क्रममा बुटवलबाट १७ जना गिरफ्तार

शान्तिपूर्ण बन्दका क्रममा बुटवलबाट १७ जना गिरफ्तार

बुटवल: रूपन्देहीमा एमसीसी सम्झौता विरुद्धको ६ दल र २ मोर्चाद्वारा पूर्व निधारित कार्यक्रम नेपाल बन्दलाई प्रभावकारी बनाउनका लागि शान्तिपूर्ण तरिकाले बन्द गराउदै हिडेका बन्दकर्तालाई प्रहरीले व्यापक दमन गरि गिरफ्तार गरेको छ ।

बन्दकर्ताहरुलाई बुटवलको नयाँ बसपार्कबाट गिरफ्तार गरेको हो । गिरफ्तार पर्नेहरुमा नेकपा (क्रान्तिकारी माओवादी) पोलिटब्यूरो सदस्य तथा लुम्बिनी ब्यूरो इन्चार्ज प्रेम सुबेदी, नेकपाका बुटवल नगर सेक्रेटरी विरेन्द्र विक, नेताहरु खोमा तरामु, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष इन्दु वली, केन्द्रीय सदस्य साया सापकोटा, पारस राहादी मगर, खगेन्द्र पौडेल, सरिता बराह, श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय कोषाध्यक्ष जानुका बराह, माधव न्यौपाने, अशोक सुनार, शेर बहादुर महर्जन, बसन्ती रेग्मी, दर्शन गुरुङ्ग, नेकपा मसालका नेता चेतनाथ आचार्य, राष्ट्रिय जनमोर्चाका बासुदेव पोख्रेल, लाल प्रसाद पोख्रेल हुन् । 

राष्ट्रघाती एमसीसी सम्झौताकाे विरुद्ध आह्वान गरिएको नेपाल बन्दका क्रममा देशैभरीबाट आन्दाेलनरत पार्टीका नेताकार्यकर्तालाई बिहानैदेखि प्रहरीले गिरफ्तार गरिरहेको छ । प्रहरीको दमनको बाबजुद बन्दकर्ताले ठाउँठाउँमा टायर बाल्ने, राष्ट्रघाती एमसीसी सम्झौताकाे विरुद्ध प्रदर्शन गर्ने र बन्दको अवज्ञा गर्ने गाडीलाई ताेडफाेड गरिरहेको खबर प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :