विशेष कमिटी सदस्य ध्रुवसहित चारजना गिरफ्तार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी चितवन जिल्ला विशेष कमिटी सदस्य ध्रुव खड्डा लगायतका चारजना नेतालाई बन्द प्रचार गर्दै गर्दा प्रहरीले गिरफ्तार गरेको छ ।

चितवन जिल्ला कार्यालय सचिव प्रेम चौधरीले दिएको जानकारीअनुसार बन्द आह्वान् गर्दै गर्दा विशेष कमिटीका सदस्य ध्रुव खड्का, अखिल (क्रान्तिकारी) पश्चिम संयोजक सुरेन्द्र बस्नेत, पार्टी जिल्ला सदस्य कुमार विक लगायतलाई प्रहरीले लाइन्सचोकबाट गिरफ्तार गरेको हो ।

नेकपाका नेताकार्यर्ताहरूलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय भरतपुरमा राखिएको जानकारी जिल्ला कार्यालय सचिव चौधरीले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :