नेकपा काठमाडौं महानगर इन्चार्ज अविरलसहित नेवा मुक्तिमोर्चा अध्यक्ष दिपक मानन्धर गिरफ्तार

नेकपा काठमाडौं महानगर इन्चार्ज अविरलसहित नेवा मुक्तिमोर्चा अध्यक्ष दिपक मानन्धर गिरफ्तार

एमसीसी सम्झौताकाे विरुद्ध आह्वान गरिएको नेपाल बन्दका क्रममा नेपाल कम्युनिस्ट पार्टीका काठमाडौं जिल्ला सचिवालय सदस्य तथा काठमाडौं महानगर समितिका इन्चार्ज अविरल चन्द र नेवा मुक्तिमोर्चाका काठमाडौं जिल्ला अध्यक्ष दिपक मानन्धरलाई साेह्रखुट्टेबाट प्रहरीले गिरफ्तार गरेको छ ।

बन्द गराउने क्रममा केहीबेर अघि काठमाडौंकाे साेह्रखुट्टेबाट प्रहरीले २ जनालाई गिरफ्तार गरि प्रहरीको गाडीमा लगिएको बताइएकाे छ ।

राष्ट्रघाती एमसीसी सम्झौताकाे विरुद्ध आह्वान गरिएको नेपाल बन्दका क्रममा आन्दाेलनरत पार्टीका नेताकार्यकर्तालाई बिहानैदेखि प्रहरीले गिरफ्तार गरिरहेको छ । प्रहरीको दमनको बाबजुद बन्दकर्ताले ठाउँठाउँमा टायर बाल्ने, प्रदर्शन गर्ने र बन्दको अवज्ञा गर्ने गाडीलाई ताेडफाेड गरिरहेको खबर प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :