कैलालीको धनगढीमा व्यापक बन्दको प्रभाव

कैलालीको धनगढीमा व्यापक बन्दको प्रभाव

धनगढी : नेपाल कम्युनिस्ट पार्टी लगायत पाँच पार्टी र एक मोर्चाको सयुक्त पहलमा घोषणा गरेको नेपाल बन्द सुदूर–पश्चिम प्रदेशको केन्द्र धनगढीमा व्यापक प्रभाव परेको छ । बिहानैदेखि नेता÷कार्यकर्ता रोडमा उत्रिएर नाराजुलुस सहित चौराहदेखि पार्कमोड र सो ठाँउदेखि फेरी चौराहतिर प्रवेश गरिरहेका छन् ।

राष्ट्रघाती एमसीसी.खारेज गर, देश बेच्न पाइँदैन, नेपाल बन्द सफल पारौँ, विप्लव दाइ आदेश देउ लड्न तयार छौँ जस्ता नाराहरू लगाइरहेका छन् । सो नाराजुलुसमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुन, दलबहादुर धामी ‘अग्नि’ कैलाली जिल्ला सेक्रेटरी दिपेन्द्र चलाउने लगायत नेता÷कार्यकर्ताहरूको उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :