केन्द्रीय सदस्य उभार र रुपेशलगायत आठ जना गिरफ्तार

केन्द्रीय सदस्य उभार र रुपेशलगायत आठ जना गिरफ्तार

तनहुँ : शान्तिपूर्ण रुपमा नेपाल बन्द गर्दै गर्दा तनहुँ जिल्लाबाट प्रहरीले आठ जनालाई गिरफ्तार गरेको छ । राष्ट्रघाती एमसीसी सम्झौताको बिरोध स्वरुप पाँच राजनीतिक पार्टी र एक मोर्चाद्वारा आयोजित नेपाल बन्द कार्यक्रमलाई प्रभावकारी बनाउन शान्तिपूर्ण रुपमा सडकमा उत्रिएको बेला प्रहरीले गिरफ्तार गरेको हो ।

गिरफ्तार पर्नेमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा तनहुँ जिल्ला इन्चार्ज पुर्णजित पुन ‘उभार’, नेकपा केन्द्रीय सदस्य एवम् गोर्खा र लमजुङ जिल्ला इन्चार्ज रुपेश यस्तै तनहुँ जिल्ला सेक्रेटरी एटम, नेकपा ब्यास नगरपालिका इन्चार्ज ओम पन्त, मगर मुक्ति मोर्चा नेपाल तनहुँ जिल्ला अध्यक्ष धनबहादुर राना, चिजबहादुर भण्डारी रहेका छन् भने देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय सदास्य नेत्र रानाभाट, क्रान्तिकारी माओवादीका तनहुँ जिल्ला सेक्रेटरी नारायण लम्साल रहेका छन् ।

यस्तै बन्दकै क्रममा पोखराबाट युवा सङ्गठन कास्कीका जिल्ला सदस्य हिमाल पनि गिरफ्तार परेको खबर प्राप्त भएको छ ।

नेकपासहित संयुक्त रुपमा आयोजित नेपाल बन्द कार्यक्रम कास्की, तनहुँ लगायत गण्डकका क्षेत्रहरूमा बन्दको प्रभाव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :