एमसीसीबिरूद्ध नेपाल बन्दको देशभरि प्रभाव, राजमार्ग सुनसान

एमसीसीबिरूद्ध नेपाल बन्दको देशभरि प्रभाव, राजमार्ग सुनसान

काठमाडौँ : नेकपा लगायतका दल तथा मोर्चाद्वारा आब्हान गरिएको नेपाल बन्दको प्रभाव बिहानैदेखि परेको छ । मुख्य राजमार्गहरु विहानैदेखि सुनसान छन् ।

बन्दका कारण सिद्धार्थ तथा पुर्व–पश्चिमा राजमार्ग ठप्प प्राय देखिएका छन् । सडकमा बन्दकर्ताहरू छैनन् तर सुरक्षाकर्मी भने छन् । सम्भावित सुरक्षा चुनौतीलाई ध्यान राख्दै नेपाल प्रहरी– सशस्त्र प्रहरीहरु चोकचोकमा छन् । शैक्षिकसंस्था, बजार तथा पसलहरू बन्द छन् ।
बन्दको क्रममा नेकपा, नेकपा माओवादी क्रान्तिकारी माओवादी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका नेता कार्यकर्ता सडकमा नाराबाजीसहित उत्रिएका छन् ।

संसदमा एमसीसी टेबल गर्न लागेपछि ५ दल र मोर्चाले आज बन्दको आब्हान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :