२७ औँ जनयुद्ध दिवस र महासचिवको प्रतिबद्धता

सर्वप्रथम सम्पूर्ण उत्पीडित नेपाली जनतामा २७ औँ जनयुद्ध दिवसको हार्दिक रक्तिम शुभकामना व्यक्त गर्दछौँ ! महान् जनयुद्ध, एकीकृत जनक्रान्तिलगायत सबै किसिमका वर्गसङ्घर्षमा बलिदान गर्ने महान् सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ । वर्गसङ्घर्षका क्रममा राज्यद्वारा बेपत्ता पारिएका योद्धाहरू, घाइते–अपाङ्ग योद्धाहरूप्रति सम्मान व्यक्त गर्दछौँ र जनयुद्ध र जनक्रान्तिमा लामबद्ध क्रान्तिकारी जनसमुदायमा २७ औँ जनयुद्ध दिवसको हार्दिक शुभकामना प्रदान गर्दछौँ ।

नेपालका श्रमिक–उत्पीडित जनताले इतिहासमै पहिलोपटक नेकपा (माओवादी) को नेतृत्वमा दीर्घकालीन जनयुद्ध आरम्भ गरेको २७ वर्ष लागेको छ । सामन्ती दासता, पुँजीवादी शोषण–उत्पीडन, साम्राज्यवादी दोहन र सबैखाले विभेदबाट मुक्तिका लागि हतियार उठाएको २६ वर्ष पूरा भएर २७ वर्ष लागेको सन्दर्भमा यो महान् दिवसप्रति नेपाली श्रमिक सर्वहारा जनताले विशेष गौरव मान्नुपर्छ र जनयुद्धमा व्यक्त प्रतिबद्धताप्रति सदा इमानदार रहने प्रतिबद्धता व्यक्त गर्नुपर्छ । २७ औँ जनयुद्ध दिवसका अवसरमा नेकपाका महासचिव कमरेड विप्लवले दिएको शुुभकामना सन्देशमा व्यक्त जनयुद्ध दिवसप्रति गौरव गर्नुपर्ने सन्देश अत्यन्त महत्वपूूर्ण छ । जनयुद्धका भगौडा, दलाल र गद्दारहरूले जनयुद्धप्रति धोका र बेइमानी गरेर जनयुद्ध लड्दालड्दै बलिदान गर्ने सहिद, बेपत्ता योद्धा र घाइते–अपाङ्ग योद्धाहरूको अतुलनीय योगदानप्रति ग्लानि र पश्चाताप गर्नुपर्ने अवस्था उत्पन्न गराएका छन् । नेपाल देश र नेपालका श्रमिक सर्वहारा वर्गको मुक्तिका लागि गरिएको पहल र बलिदान महान् थियो, महान् छ र महान् रहिरहनेछ । यसप्रति ग्लानि होइन, गर्व गर्नुपर्छ ।

नेकपाका महासचिव विप्लवले जनयुद्ध दिवसप्रति गर्व गर्नुपर्ने बताउँदै भनेका छन्, ‘महान् जनयुद्धको पहल भएको २७ वर्ष बितेको छ । जनयुद्ध दिवसको यस ऐतिहासिक अवसरमा जनयुद्धप्रति विशेष गौरव व्यक्त गर्न चाहन्छौँ ।’

महासचिव विप्लवले जनयुद्धले नेपाली राजनीतिमा अभूतपूर्व प्रभाव र परिवर्तन ल्याएको र श्रमिक जनताले आफ्नो मुक्ति र राष्ट्रिय स्वाधीनताका लागि गरेको ऐतिहासिक विद्रोहले पहिलोपटक जनताको सत्ता, जनताको सेना, जनताको न्यायालय, शिक्षा, स्वास्थ्य, अर्थसम्बन्धहरू निर्माण गर्न सफल भएको उल्लेख गर्दै प्रचण्ड–बाबुरामलगायत नेताहरूको विचलनका कारण जनयुद्ध अपूर्णतामा टुङ्गिएको यथार्थ पनि प्रस्ट पारेका छन् । जनयुद्धको मूल नेतृत्व दाबी गरिरहेका भगौडाहरूका कारण जनयुद्ध अपूर्णतामै रोकिएको थियो । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अहिले जनयुद्धलाई भिन्न स्वरूपमा एकीकृत जनक्रान्तिका रूपमा अघि बढाइरहेको छ । नेपाली श्रमिक जनताले यसमा पनि गौरव र गर्व गर्नुपर्छ र क्रान्तिलाई वैज्ञानिक समाजवादसम्म पुु¥याएर साम्यवादुसम्म लग्ने प्रतिबद्धता व्यक्त गर्नुपर्छ ।

वास्तवमै जनयुद्ध महान् थियो । एतिहासिक थियो । नेपालको वर्गसङ्घर्षको इतिहासमा यो गर्व गर्नलायक जनताको युद्ध थियो । नेपालका विपन्न, श्रमिक, महिला, दलित–उत्पीडित, मधेसी, दुर्गम क्षेत्रका जनता व्यक्ति स्वार्थबाट माथि उठेर वर्गमुक्तिका लागि जनयुद्धमा लामबद्ध बनेका थिए । जनयुद्धमा दस हजारको सङ्ख्यामा योद्धाहरूको बलिदान भयो । हजारौँ योद्धाहरू अझै बेपत्ता छन् । जनताको योगदान र बलिदानकै कारण मुलुकको अधिकांश भूभाग र भावना माओवादी जनसत्तामय बनेको थियो । त्यसका लागि दसौँ हजार योद्धाहरूले शरीरमा गोली थापेका थिए र अहिले पनि शरीरमा गोली बोकेर घाइते जीवन बिताइरहेका छन् । केही व्यक्तिको स्वार्थका कारण जनताको त्यति ठूलो त्याग, शौर्य र बलिदानपछि पनि जनताका समस्याहरू समाधान हुन सकेनन् । जनताको सत्ता, सेना, न्यायालय सबै विघटन गरेर दुस्मनको पाउमा सुम्पियो । जनगणतन्त्रका लागि भएको जनयुद्धलाई ‘बिहारी’ गणतन्त्रमा सीमित गरियो । सामन्तवादी सत्ताको अन्त्य गरी नयाँ जनवादी गणतन्त्र नेपाल स्थापना गर्ने र मुलुकलाई वैज्ञानिक समाजवादसम्म पु¥याउने लक्ष्यका साथ आरम्भ गरिएको जनयुद्धमाथि कुठाराघात भएपछि दलाल पुँजीवाद हाबी भयो । फलस्वरूप मुलुकमा दलाल पुँजीवादी सत्ता र श्रमिक जनताबीचको सङ्घर्ष तीव्र बन्दै गएको छ । मुलुकमा दलाल पुँजीवादी शक्ति हाबी भएपछि राष्ट्रियता, जनतन्त्र, जनजीविकाका विषयहरू सङ्कटमा परेका छन् । मुलुकमाथि एमसीसीजस्तो राष्ट्रघाती सम्झौता संसद्बाट पारित गर्ने षड्यन्त्र गरिएको छ । नेकपालगायत पाँच दल र एक मोर्चाले राष्ट्रघाती दलहरूले संसद्मा एमसीसी सम्झौता टेबुल गर्न लागिएको राष्ट्रघाती कदमविरुद्ध नेपाल बन्द आह्वान गरेका छन् । नेपाली जनताले विगतमा झैँ राष्ट्रियता, जनतन्त्र र जनजीविकाको आन्दोलनमा सघाउने र राष्ट्रघातीहरूलाई जनकारबाही गर्न अग्रसरता लिनेमा देशभक्तहरूका साथै क्रान्तिकारी शक्तिहरू विश्वस्त छन् ।

दलाल पुँजीवादी सत्ता राष्ट्रघात, जनघात, भ्रष्टाचारमा चुर्लुम्म डुब्दै बदनाम बनेको छ । राष्ट्रघाती सत्ता नेपाली जनताको आँखाको तारो बनेको छ । दलाल पुँजीवादी सत्ता र संसद्वादी तत्वहरू आफ्नो राष्ट्रघाती, जनघाती कदमका कारण सङ्कटग्रस्त बनेका छन् । नेपाली देशभक्त तथा क्रान्तिकारी जनता यो दलाल पुँजीवादी व्यवस्थाको भरपर्दो विकल्प खोजिरहेका छन् । नेकपाले जनताको भावना र देशको आवश्यकताबोध गर्दै एकीकृत जनक्रान्तिको कार्यदिशा विकास गरेर जनमतसङ्ग्रहको माध्यमबाट दलाल पुँजीवादी सत्ताको विकल्पमा वैज्ञानिक समाजवाद अघि सारेको छ र जनमतसङ्ग्रहबाटै यो दलाल पुँजीवादी सत्तालाई जनताले मिल्काइदिने विश्वास अघि सारेको छ ।

नेपालको दलाल पुँजीवादी सत्तामा सङ्कट छ भन्ने विषय यो व्यवस्थाले स्वीकार गरिसकेको छ । नेकपा र पूर्ववर्ती केपी वलीको सरकारबीच गतवर्ष फागुन २१ गते भएको ३ बुँदे सहमतिमा वार्ताका माध्यमबाट यो व्यवस्थाको सङ्कट समाधान गर्ने सहमति भए पनि वर्तमान शेरबहादुर देउवा नेतृत्वको राष्ट्रघाती सरकारले सहमति कार्यान्वयन गर्न आलटाल गरेको छ । आज पनि नेकपाका सयौँ कार्यकर्ता अन्यायपूर्वक जेलजीवन व्यतीत गरिरहेका छन् । फलस्वरूप व्यवस्थाको सङ्कट समाधान गर्ने विषयमा वार्ता र छलफलसमेत अघि बढ्न सकेको छैन । जनयुद्ध दिवसका अवसरमा हामी पुरानो सत्ताका पक्षधरहरुलाई सद्बुद्धि फिरोस् भन्ने अपेक्षा गर्दछौँ । अन्यथा राष्ट्रघाती एमसीसी सम्झौतासँगै पश्चगामी शक्तिहरूको समाप्ति कसैले रोक्न सक्नेछैन । सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :