नेपाल बन्दको प्रभाव मकवानपुरमा पनि, बन्दकर्ताहरु बिहानैदेखि सडकमा

नेपाल बन्दको प्रभाव मकवानपुरमा पनि, बन्दकर्ताहरु बिहानैदेखि सडकमा

मकवानपुर: राष्ट्रघाती एमसीसी सम्झौता खारेजीको माग गर्दै गरिएको नेपाल बन्दको प्रभाव मकवानपुरमा पनि परेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहित अन्य पाँच दल र एक माेर्चाको संयुक्त आयोजनामा आह्वान गरिएको नेपाल बन्दकाे प्रभावका कारण सवारीसाधन, बजार ठप्प छ ।

केन्द्रिय कार्यक्रम अनुसार नेपाल बन्द सफल पार्न मकवानपुरमा पनि हिजो नेकपा सहित अन्य आठ दल र दुई मोर्चाको संयुक्त बैठक बसिएको थियो । बैठकको निर्णय अनुसार राष्ट्रहित विपरीत रहेको एमसीसी सम्झौता विरुद्धको नेपाल बन्द सफल पार्न सम्पूर्ण बन्दकर्ता बिहानदेखि नै सडकमा उत्रिएका छन् । 

बन्दको समयमा हेटौँडा बजारमा भएका सम्पूर्ण व्यापार, व्यवसाय बन्द हुनुका साथै स्कुल, कलेजका सबै पाठनपाठन ठप्प रहेको छ । संयुक्त संघर्ष समितिले गरेको नेपाल बन्दको आह्वानलाई स्वीकार गर्दै सवारी चालकले पनि आफ्ना सवारी साधन नचलाएर बन्दको समर्थन गरेका छन् ।

राष्ट्रिय स्वाधिनता र स्वतन्त्रता माथिको अमेरिकी साम्राज्यवादको नाङ्गो हस्तक्षेपको विरुद्ध नेपाल बन्दको आह्वान गरिएको हो । कुनै पनि हालतमा राष्ट्रघाती सम्झौता अनुमोदन नगर्न र नगराउन संयुक्त संघर्ष समितिले कडा चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :