अखिल क्रान्तिकारी सुप प्रदेशले शैक्षिक विकृतिको विरुद्धमा सङ्घर्ष गर्ने

अखिल क्रान्तिकारी सुप प्रदेशले शैक्षिक विकृतिको विरुद्धमा सङ्घर्ष गर्ने

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी सुदूर–पश्चिम प्रदेश समिति कार्यालयको बैठक मङ्गलबार कैलालीको धनगढीमा महत्वपूर्ण निर्णयहरू गर्दै सम्पन्न भएको छ ।

सो बैठकले गरेको निर्णय अनुरुप सङ्गठनले वर्तमान अवस्थामा शैक्षिक क्षेत्रमा देखिएका तमाम विकृति विसङ्गति, व्यापारीकरण र निजीकरणका विरुद्धमा सशक्त सङ्घर्ष गर्ने र दलाल, भ्रष्टाचारी र कमीसनखोरीलाई जनकारवाही गर्ने भएको छ । साथै सरकारले संविधान अनुरूप भन्ने निःशुल्क र गुणस्तरीय शिक्षा प्रणालीलाई लागू गर्न पहल गर्ने, वैज्ञानिक समाजवादी शिक्षा व्यवस्था स्थापनाका लागि सङ्घर्ष गर्ने लगायतका विभिन्न निर्णय गर्दै बैठक सम्पन्न भएको सङ्गठनका प्रदेश इन्चार्ज प्रकाश जप्रेलले जानकारी दिए ।

सङ्गठनका सुदूर–पश्चिम प्रदेश इन्चार्ज प्रकाश जप्रेलको अध्यक्षता, नेकपा केन्द्रीय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज ओमप्रकाश पुनको प्रमुख आथित्यता, नेकपा केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज रामबहादुर चौधरी ‘महान’, सङ्गठनका केन्द्रीय सचिव वीरेन्द्र शाहको आथित्य र सबै प्रदेश कार्यालय सदस्यहरूको उपस्थितिमा बैठक बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :