देशभर व्यापक गिरफ्तारी र धरपकड, बागबजार प्रहरीको घेरामा

एमसीसीविरुद्ध नेपाल बन्दमा व्यापक जनसमर्थन

देशभर व्यापक गिरफ्तारी र धरपकड, बागबजार प्रहरीको घेरामा

काठमाडौँ : राष्ट्रघाती एमसीसीविरुद्ध नेकपालगायत पाँच राजनीतिक दल र एक मोर्चाले आजका लागि आह्वान गरेको शक्तिशाली र जुझारु नेपाल बन्दको सकारात्मक प्रभाव देशभर परेको छ । देशभरका अधिकांश स्थानमा जनताले बन्द प्रभावकारी बनाउन आन्दोलनको नेतृत्व गरिरहेका दलहरूलाई सघाइरहेका समाचार प्राप्त भएका छन् ।

आन्दोलनकारी दल र जनसमुदायले देशका विभिन्न स्थानमा टायर बाल्नुका साथै ससाना ¥याली निकाल्न सुरु गरेका छन् । पाँचदलीय गठबन्धन सरकारले नेपाल बन्दका लागि सडकमा निस्किएका आन्दोलनकारीलाई व्यापक गिरफ्तार र धरपकड बढाएको छ । काठमाडौँको बागबजार क्षेत्रलाई प्रहरीले घेराउ गरेको जानकारी अखिल क्रान्तिकारी केन्द्रीय समितिले दिएको छ ।

प्राप्त पछिल्लो जानकारीअनुसार काठमाडौँबाट प्रहरीले जनगणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय सचिव टीका चौधरी (सामाखुसी), अखिल क्रान्तिकारी भक्तपुरका संयोजक अशोक महतरा (भक्तपुर), सिमराचाेकबाट युवाकाे अध्यक्ष निरज र मुक्ति, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रेम सिँजापति (पाण्डु), अखिल क्रान्तिकारी पशुपति क्याम्पस एकाइ अध्यक्ष सुवास महत, छत्र विक, निराजनलगायत विद्यार्थी सङ्गठनका सातजनालाई बागबजारबाट गिरफ्तार गरेको छ ।

बन्दका कारण काठमाडौँलगायत देशभर लामो तथा छोटो दूरीका सवारीसाधन ठप्प छन् भने बजार, व्यवसाय, शिक्षण संस्था, उद्योग कलकारखाना पनि बन्द रहेका छन् । नेपाल बन्दलाई सफल पार्न मङ्गलबार साँझ देशभर मसाल जुलुस निकालिएको छ ।

अमेरिकी साम्राज्यवादको हस्तक्षेप, दबाब एवम् धम्कीमा देउवा सरकारले राष्ट्रघाती एवम् जनघाती एमसीसी कम्प्याक्ट सदनमा टेबुल गर्ने र पारित गर्ने अन्तिम प्रपञ्च गरिराखेकाले उक्त राष्ट्रघाती षड्यन्त्रविरुद्ध नेकपासहित पाँच राजनीतिक पार्टी र एक मोर्चाले बुधबार शक्तिशाली र जुझारु नेपाल बन्द आह्वान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :