जनपत्रकार सङ्गठन रुकुम पश्चिमले बुझायो महासंघलाई ज्ञापनपत्र

जनपत्रकार सङ्गठन रुकुम पश्चिमले बुझायो महासंघलाई ज्ञापनपत्र

रुकुम पश्चिम : जनपत्रकार सङ्गठन नेपाल रुकुम पश्चिमले मङ्गलबार नेपाल पत्रकार महासंघ रुकुम शाखालाई ज्ञापनपत्र बुझाएको छ ।

श्रमजीवी पत्रकारहरूको पारिश्रमिक, महासंघमा सदस्यता शुद्धीकरण, प्रदेश सरकारबाट प्राप्त हुने बिज्ञापनहरू महासंघमार्फत समानुपातिक प्रणालीबाट सबै मिडियाले पाउनुपर्ने, पत्रकार महासंघले गर्ने परिचालन गर्ने आर्थिक कारोबार पारदर्शी गर्नुपर्ने लगायतका ७ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्र बुझ्दै पत्रकार महासंघ अध्यक्ष लक्ष्मण केसीले ज्ञापनपत्रमा समाबेश गरिएका केहीले समस्याहरू समाधानको लागि जिल्ला शाखाले समाधान गर्ने प्रतिबद्वता जाहेर गर्दै बाँकी प्रदेश समिति र केन्द्रीय समितिसँग जोडिएका समस्याहरू भएकोले सम्बन्धीत निकायसम्म पर्याउन सहयोग गरिदिने बताए ।

उक्त ज्ञापनपत्र युबराज बोहोराको नेतृत्वको टोलीले बुझाएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :