अखिल क्रान्तिकारी त्रियुगा नगर समिति उदयपुरको प्रशिक्षण सम्पन्न

अखिल क्रान्तिकारी त्रियुगा नगर समिति उदयपुरको प्रशिक्षण सम्पन्न

उदयपुर : अनेरास्ववियु (क्रान्तिकारी) त्रियुगा नगर समितिद्वारा आयोजित नगर स्तरिय राजनीतिक÷वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रममा इकाईका पदाधिकारीहरू र नगर समितिका सदस्यहरूको उपस्थितिमा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी लक्ष्मण पौडेल, अतिथि पार्टी नगर इन्चार्ज मीनप्रसाद पोख्रेल, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा ओखलढुङ्गा उदयपुर जिल्ला इन्चार्ज देहज विष्ट थिए । कार्यक्रमको अध्यक्षता सङ्गठनका नगर अध्यक्ष तथा केन्द्रीय सदस्य जानुका खत्रीले गरेका थिए भने सञ्चालन अखिल (क्रान्तिकारी) नगर सचिव सविन अधिकारीले गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले भने, ‘अब नेपालमा क्रान्तिका स्रोत विद्यार्थी नै हो, अब विद्यार्थीहरू नै क्रान्तिको कार्यभार पूरा गर्ने हो । पार्टीले अघि सारेको वैज्ञानिक समाजवादी व्यवस्थाका लागि जनमतसङ्ग्रहको सिर्जना गर्नलाई फेरि एकपटक विद्यार्थीहरूको गाउँ जानुपर्ने र जनतालाई जनमतसङ्ग्रहको पक्षमा उभ्याउनु पर्ने यो कार्यभार विद्यार्थीहरूको काँधमा छ ।’

त्यस्तै अर्का अतिथि देहज विष्टले भने, ‘अब नेपालमा शैक्षिक माफियाहरूका विरुद्ध विद्यार्थीहरूको निर्ममतापूर्वक आन्दोलनमा जानुपर्ने छ । सर्वहारा विद्यार्थी वर्गको अधिकारलाई स्थापित गर्ने र नेपालको दलका संसदीय व्यवस्थाभित्रको दोयद्व शिक्षा नीतिलाई अन्त्य गरि वैज्ञानिक समाजवादी शिक्षा नीति स्थापना गर्नको निम्ति विद्यार्थीहरू एकजुट भई आन्दोलनमा जानुपर्ने आवश्यकता छ । अब सबै विद्यार्थीहरूलाई अनेरास्ववियु (क्रान्तिकारी) को झण्डा मुनि गोल्बन्द गर्नुपर्छ र विद्यार्थीको अधिकारका लागि लड्ने सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) मात्र हो ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :