श्रमिक समुदाय मोर्चा नवलपुरले माग्यो वैज्ञानिक समाजवाद

श्रमिक समुदाय मोर्चा नवलपुरले माग्यो वैज्ञानिक समाजवाद

नवलपुर : श्रमिक समुदाय मोर्चा नेपाल नवलपुरको बैठकले वैज्ञानिक समाजवादले मात्र उत्पीडित समुदायको भलाइ गर्ने भएकाले त्यही व्यवस्था स्थापना गर्न लागिपर्ने निर्णय गरेको छ ।

नवलपुरको मध्यबिन्दु नगरपालिका ९ मा मोर्चाका जिल्ला संयोजक रणबहादुर विकको अध्यक्षतामा बसेको चौथो बैठकमा नेपाल कम्युनिस्ट पार्टी नवलपुरका सेक्रेटरी शीतलको प्रमुख आतिथ्य र श्रमिक समुदाय मोर्चाका लुम्बिनी संयोजक टीकाराम विकको विशेष आतिथ्य रहेको थियो ।

कार्यक्रमका वक्ताहरूले सामन्ती राज्यसत्ताबाट हेपिएका दलित समुदायको उत्थान बुर्जुवा संसदीय व्यवस्थाले गर्न नसक्ने भन्दै शोषित, पीडित तथा दलित समुदायको मुक्तिका लागि वैज्ञानिक समाजवाद अपरिहार्य रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :