भगौडाहरूद्वारा पार्टी पुनर्मिलनको प्रहसन

भगौडाहरूद्वारा पार्टी पुनर्मिलनको प्रहसन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले कारबाही गरेका, लामो समयसम्म निष्क्रिय रहेका, प्रतिबन्धको समयमा सरकारसँग आत्मसमर्पण गरेका, पार्टी सम्पर्कमा नरहेका, सुराकीको काम गरेका केही व्यक्तिहरूले नेकपासँग विद्रोह गरेको भन्दै वैद्य नेतृत्वको पार्टीमा कथित पुनर्मिलन गरेको भद्दा प्रहसन गरेका छन् । नेकपाले आफ्नो पार्टीका कुनै पनि कार्यकर्ता अरू कुनै पार्टीमा नलागेको जनाएको छ ।

लामो समयदेखि नेकपाको सम्पर्कमै नरहेका, पार्टी कारबाहीमा परेका र वैद्य पार्टीमा लागेका व्यक्तिहरूमा पुष्कर श्रेष्ठ, केदार खतिवडा, गङ्गाप्रसाद (जीपी) चौलागाईं, रामबहादुर तिरुवा, तारा थापालगायतको नाउँ सार्वजनिक भएको छ । यीमध्ये कतिपय पार्टीका नाउँमा अवैध तरिकाले चन्दा असुल गरेर पार्टी सम्पर्कमा नरहेका र विवादित पात्रहरू पनि रहेको नेकपाको स्रोतले जनाएको छ । यसअघि यसैगरी पार्टी कारबाहीमा परेका र पार्टी स्रोत दुरुपयोग गरी भागेकाहरू आहुती नेतृत्वको समूहमा टाउको लुकाउन पुगेका थिए । त्यस्तै केही वर्षसम्म नेकपाको नाउँ भँजाएर बसेका केही पात्रहरू केही दिनअघि पत्रकारका नाउँमा पुष्पकमल दाहालको पार्टीमा पलायन भएका थिए । अरू खेतीपाती बन्द भएपछि वैद्य, आहुती र दाहाल समूहले यतिबेला नेकपाबाट कारबाही गरिएका, बदनामी कमाएका, आत्मसमर्पण गरेका बदनाम पात्रहरूलाई भित्र्याउने खेती नै चलाएर आत्मरती लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :