औद्योगिक मजदुरहरू सङ्गठित

औद्योगिक मजदुरहरू सङ्गठित

चितवन : अखिल नेपाल क्रान्तिकारी औद्योगिक मजदुर सङ्घ चितवनको धर्मचोक लङ्कु एकाइ भेला सम्पन्न भएको छ । भेलाले लक्ष्मी सुवेदीको अध्यक्षतामा ११ सदस्यीय मूल एकाइ समिति गठन गरेको छ ।

भेलाका प्रमुख अतिथि नेकपा विशेष समिति सदस्य ध्रुवले नेपाल सरकार र मजदुरबीचको सहमतिअनुसार मजदुरले सेवासुविधा नपाएको, श्रमऐन लागू गर्न मालिकहरू तयार नभएकाले अब आन्दोलनमा जानुबाहेक मजदुरको अर्को विकल्प नरहेको बताए ।

भेलामा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका चितवन संयोजक ओम लामिछानेले पनि मन्तव्य राखेका थिए । भेलाको अध्यक्षता देवी भुजेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :