अखिल नेपाल शिक्षक सङ्गठन घोराही उप–महानगरको सम्मेलन सम्पन्न

अखिल नेपाल शिक्षक सङ्गठन घोराही उप–महानगरको सम्मेलन सम्पन्न

दाङ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल शिक्षक सङ्गठन घोराही उप–महानगरको प्रथम सम्मेलन सम्पन्न भएको छ । बुधबार सम्पन्न सम्मेलनले हरिलाल चौधरीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा तारा बिष्ट, सचिवमा सुबासचन्द्र बुढा, सह–सचिवमा हिरा कुमारी राणा र कोषाध्यक्षमा धनमाया बिष्ट चयन भएका हुन् ।

अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रीय समिति सदस्य एवम् लुम्बिनी प्रदेश अध्यक्ष नारायण भण्डारीको प्रमुख आतिथ्य तथा नेपाल कम्युनिस्ट पार्टी घोराही उप–महानगर कमिटी इन्चार्ज निर्मलको बिशिस्ट आतिथ्यमा भएको कार्यक्रममा अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य एवम् लुम्बिनी प्रदेशका इन्चार्ज दिपक, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य एवम् दाङका इन्चार्ज अमर, अखिल नेपाल शिक्षक सङ्गठन दाङ जिल्ला अध्यक्ष डिल्ली, अखिल नेपाल शिक्षक सङ्गठन तुलसीपुर उप–महानगर कमिटीका अध्यक्ष मेघराज, अखिल नेपाल शिक्षक सङ्गठन दाङ जिल्ला सदस्य लिलाको आतिथ्य रहेको थियो ।

हरिलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सुबासचन्द्र बुढाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :