अखिल (क्रान्तिकारी) म्याग्दीद्वारा सङ्गठन निर्माण अभियान तीब्र

अखिल (क्रान्तिकारी) म्याग्दीद्वारा सङ्गठन निर्माण अभियान तीब्र

म्याग्दी : वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षा प्राप्तिका लागि जनमतसङ्ग्रह नाराका साथ म्याग्दीमा अखिल (क्रान्तिकारी) को अभियान चलिरहेको छ । अभियानका केन्द्रीय सदस्य तथा म्याग्दी र मुस्ताङ इन्चार्ज विनय खड्काको नेतृत्वमा भएको अभियानको क्रममा म्याग्दीका विभिन्न विद्यालय, कलेजहरूमा सङ्गठन निर्माण, प्रशिक्षण तथा भेलाहरू चलिरहेको छ ।

सङ्गठन निर्माण अभियानको क्रममा म्याग्दीका प्रकाश मावि बेनी, धौलागिरी मावि सिङ्गा, मङ्गला मावि बाबियाचौर, जामुनाखर्क मावि अर्थुङ्गे, ज्ञानुदय मावि मौवाफाँट, न्यार्चाङ मावि गार्पा, कालिका मावि तिब्ल्याङ, ज्ञानप्रकाश मावि दान, नारजन मावि गार्पा, मुक्तिमार्ग मावि, सर्बोदय मावि भुरूङतातोपानी, मुक्तिधाम मावि दाना र गङ्गा मावि पिप्लेमा सङ्गठन निर्माण, प्रशिक्षण तथा भेलाहरू सम्पन्न भएको छ ।

अखिल (क्रान्तिकारी) म्याग्दीले जिल्लाभरी यो अभियानलाई निरन्तरता दिने बताएको छ । त्यसपछि सङ्गठनात्मक अभियान बागलुङ र मुस्ताङमा चलाइने सङ्गठनले बताएको छ । सङ्गठनले देशव्यापी सङ्गठनात्मक तथा राजनीतिक गतिविधिलाई तीव्रता दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :