उदयपुरमा गाउँपालिका स्तरीय जबस मोर्चाहरूको संयुक्त भेला सम्पन्न

उदयपुरमा गाउँपालिका स्तरीय जबस मोर्चाहरूको संयुक्त भेला सम्पन्न

उदयपुर : नेकपाको आयोजनामा उदयपुरको रौतामाई गाउँपालिकामा सयुक्त जबस मोर्चाहरूको भेला सम्पन्न भएको छ । बुधबार गाउँपालिका स्तरीय जबस मोर्चाहरूको प्रथम संयुक्त भेला सम्पन्न गरेको हो । भेलाले आक्रोश तामाङको अध्यक्षतामा १९ सदस्यी युवा सङ्गठन नेपाल रौतामाई गाउँपालिका कमिटी गठन गरेको छ । कार्यक्रममा सहिद परिवारहरूलाई प्रमुख अतिथि, अतिथिबाट फुलमाला टीका लगाई अभिनन्दनसहित सम्मान गरिएको थियो ।

मानबहादुर दनुवारको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा उदयपुर जिल्ला इन्चार्ज बिबेक कुमाल प्रमुख अतिथि र सेक्रेटरी लक्ष्मण पौडेल, युवा सङ्गठन नेपालका केन्द्रीय सचिव तिलक योगी, जिल्ला कार्यालय सचिव दुर्गा, युवा सङ्गठन नेपालका केन्द्रीय सचिवालय सदस्य तथा तीन नम्बर अभियान टोली प्रमुख हरि बस्नेत, केन्द्रीय सदस्यहरू बिबेक, अजय, जनपत्रकार सङ्गठन नेपाल उदयपुर अध्यक्ष अनिता गजमेर लगायतका अतिथि भएको कार्यक्रमको सञ्चालन युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य बसन्त श्रीसले गरेका थिए ।
कार्यक्रममाको उद्घाटन प्रमुख अतिथिबाट मैनबत्ति बालेर उद्घाटन गरिएको थियो ।

त्यस्तै कार्यक्रमको प्रमुख अतिथि तथा पार्टी केन्द्रीय सदस्य र उदयपुर ओखलढुङ्गा इन्चार्ज बिबेक कुमालले संसदीय व्यवस्था र यो चुनाबले जनताको अधिकार कहिलै सुनिश्चित नगर्ने बताए । विवेकले दलाल भ्रष्टाचारीहरूको पन्जामा देश रहेकोले अब एकजुट भएर जनमतसङ्ग्रहको माध्यामबाट दलाल संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद भन्ने जनमतसङ्ग्रहको चुनावमा जानुपर्ने बताए । कुमालले सरकार जनताको पक्षमा उत्तरदायित्व नभएको कारण आज जनता भोकले मर्नुपर्ने अवस्था आएको, युवाहरू बिदेशीनु परेको र महिलाहरू दिनदिनै असुरक्षित हुनु परेको भन्दै सरकार यस विषयमा चुकेको र व्यवस्थाकै असफलता भएको भन्दै अब नेपालमा अभिव्यक्ति स्वतन्त्रता, मानवअधिकार रक्षाका लागि वैज्ञानिक समाजवाद अनिवार्य भएको दावी गरे । उनले वैज्ञानिक समाजवादका लागि नेपालमा जनमतसङ्ग्रह गर्नुपर्ने र सम्पूर्ण नेपाली जनताले जनमतसङ्ग्रहमा गोई पार्टीलाई सहयोग गर्नु हुन अपिलसमेत गरे ।

युवा सङ्गठनका अभियान टोली धर्म मगरले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रममा युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य हरि बिष्टले शुभकामना मन्तव्य राखेका थिए । जिल्ला सेक्रेटरी लक्ष्मण पौडेलले कार्याक्रममा पार्टीको बिचार र जनताले हिजो दस बर्ष जनयुद्धमा खेल्दै आएको भूमिका र अपुरो क्रान्तिलाई पूरा गर्न नेकपाले मात्रै सक्ने भन्दै जनतालाई साथ दिन आग्रह गर्दै प्रशिक्षणसहित शुभकामना मन्तव्य राखेका थिए । अन्त्यमा नवगठित टिमहरूलाई प्रमुख अतिथिहरूबाट टीका लगाई सफलताको शुभकामना दिँदै सभाअध्यक्षबाट कार्यक्रम समापन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :