नेकपा कैलालीद्वारा नन्दकला बयकप्रति श्रद्धाञ्जली

नेकपा कैलालीद्वारा नन्दकला बयकप्रति श्रद्धाञ्जली

कैलाली : नेपाल कम्युनिस्ट पार्टी कैलालीद्वारा नेता प्रेम बयक ‘पर्वत’ र जिल्ला पार्टी सदस्य भक्त बयककी आमा नन्द कला बयकको ६८ वर्षको उमेरमा भएको असामयीक निधनप्रति दुःख व्यक्त गरेको छ । कैलाली जिल्ला इन्चार्ज ओमप्रकाश पुन र सेक्रेटरी दिपेन्द्र चलाउनेले शोक वक्तव्यमार्फत मृतक आमाप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।

शोक वक्तव्यमा भनिएको छ, ‘हाम्रो गौरवशाली एवम् जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीका नेता प्रेम वयक ‘पर्वत’ पार्टी सदस्य क. भक्त वयककी आमा नन्दकला वयकको ६८ वर्षको उमेरमा कैलाली जिल्ला लम्की चुहा नगरपालिका वार्ड नं. ४ कौवापुर सगुनीमा भएको दुःखद् निधनप्रति हाम्रो पार्टी दुःखी भएको छ । हाम्रो जिल्ला पार्टी मृतक आमाप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछ । शोकसन्तप्त परिवारप्रति पनि हार्दिक समवेदना प्रकट गर्दछौँ ।’

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :