महासचिव विप्लवद्वारा नन्दकला बयकप्रति हार्दिक श्रद्धाञ्जली

महासचिव विप्लवद्वारा नन्दकला बयकप्रति हार्दिक श्रद्धाञ्जली

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा सङ्घ नेपालका केन्द्रीय संयोजक प्रेमबहादुर बयक ‘पर्वत’ की आमा नन्दकला बयकप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गरेका छन् । महासचिव विप्लवले मङ्गलबार शोकवक्तव्य जारी गर्दै जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा सङ्घ नेपालका संयोजक पर्वतलगायत शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना पनि व्यक्त गरेका छन् ।

महासचिव विप्लवद्वारा जारी शोक वक्तव्यमा भनिएको छ, ‘जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा सङ्घ नेपालका केन्द्रीय संयोजक कमरेड प्रेमबहादुर बयक ‘पर्वत’ की आमा नन्दकला बयकको क्यान्सर रोगबाट आज लम्कीचुआ नगरपालिका वडा नं. ४ कौवापुरस्थित आफ्नै निवासमा निधन भएकोमा हाम्रो पार्टीलाई अत्यन्त मर्माहत बनाएको छ । हाम्रो पार्टी नन्दकलाप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछ र शोकसन्तप्त कमरेड पर्वतलगायत सम्पूर्णमा हार्दिक समवेदना व्यक्त गर्दछ । अभाव, दुःख र कष्टको सामना गर्दै सङ्घर्षशील जीवन बिताउनुहुने नन्दकला बयक प्रेरणाकी स्रोत हुनुहुन्छ ।’

२०११ साल साउन ५ गते अछामको तत्कालीन भैरवस्थान गाविसमा जन्मिएकी नन्दकला बयकको ६८ वर्षको उमेरमा पुस २७ गते मङ्गलबार लम्कीचुआ नगरपालिका वडा नं. ४ कौवापुरस्थित निवासमा क्यान्सरबाट निधन भएको हो । नन्दकलाका चार छोरा र एक छोरी छन् । मातृशोकमा परेका पर्वतका बुबा उदयराम बयकको २०६५ सालमा निधन भएको थियो । नन्दकलाको भोलि बुधबार कर्णाली नदीको चिसापानीमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । शोक वक्तव्यको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :