नेकपाद्वारा पदम चन्दको निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण

नेकपाद्वारा पदम चन्दको निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण

नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिति अछामले बुबा पदम बहादुर चन्दको निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । नेपाल कम्युनिष्ट पार्टी काठमाडौँ जिल्ला संगठन समिति सचिवालय सदस्य हरि चन्द अविरलका बुवा पदम बहादुर चन्दको ९० वर्षको उमेरमा पौष २६ गते भएको दुःखद निधनप्रति शोक वक्तव्य जारी गर्दै दुःख व्यक्त गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी अछाम जिल्ला इन्चार्ज डबल शाह र जिल्ला संगठन समिति अछामका सचिव तपेन्द्र तिमिल्सिनाद्वारा हस्ताक्षरित शोक वक्तव्यमा भनिएको छ, `हाम्रो महान तथा जनप्रिय पार्टी नेपाल कम्युनिष्ट पार्टी काठमाडौँ जिल्ला संगठन समिति सचिवालय सदस्य क. हरि चन्द र अखिल नेपाल शिक्षक संगठन पञ्चदेवल विनायक नगर कमिटी सदस्य जय बहादुर चन्दका ९० वर्षका बुवा पदम बहादुर चन्दको यही पौष २६ गते राती अछाम जिल्ला पञ्चदेवल विनायक नगरपालिका वडा नं. ५ लयाटीमा भएको निधनको खबरले हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टीलाई स्तब्ध तुल्याएको छ । मृतक बुवा पदम बहादुर चन्दप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै यस दुःखद घडिमा क. अविरल लगायत सम्पूर्ण आफन्तजनमा गहिरो समवेदना अर्पण गर्दछौं ।`

यसैबीच नेपाल कम्युनिष्ट पार्टी काठमाडौँ जिल्लाका सचिवालय सदस्य तथा काठमाडौँ महानगरपालिका इन्चार्ज हरि बहादुर चन्द अविरलका बुवा पदम बहादुर चन्दको निधनप्रति नेकपा काठमाडौं जिल्ला समितिले पनि दुःख व्यक्त गर्दै मृतक बुवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । साथै पार्टीले शोक सन्तव्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।

ठकुरी परिवारमा जन्मिएर पनि गरिब दुःखीको सेवा गर्नुपर्छ भन्ने भावना राख्ने स्व. पदम चन्दले आफ्ना छोराहरुलाई पनि त्यसैमा प्रेरित गर्दै आइरहेका थिए । उनका श्रीमतीसँगै तीन छोरा र तीन छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :