उदयपुर त्रियुगा नगरपालिकाको संयुक्त जवस मोर्चाहरूको भेला सम्पन्न

उदयपुर त्रियुगा नगरपालिकाको संयुक्त जवस मोर्चाहरूको भेला सम्पन्न

जनमत सङ्ग्रहका लागि सङठन सुदृढ तथा विस्तार अभियानका क्रममा उदयपुरको त्रियुगा नगरपालिकामा संयुक्त जवस मोर्चाहरूको भेला सम्पन्न भएको छ । नेकपाको आयोजनामा मंगलबार त्रियुगा नगरपालिका स्तरीय जवस मोर्चाहरूको प्रथम संयुक्त भेला सम्पन्न भएको हो ।
भेलाले अमर मगरको अध्यक्षतामा २१ सदस्यीय युवा संगठन नेपाल त्रियुगा नगर कमिटी, ललिता सदाको अध्यक्षतामा १३ सदस्यीय श्रमिक समुदाय मोर्चा नेपाल त्रियुगा नगर कमिटी, मनमाया भुजेलको अध्यक्षतामा १९ सदस्यीय अखिल नेपाल महिला संघ क्रान्तिकारी त्रियुगा नगर कमिटी र यज्ञ कटुवालको अध्यक्षतामा १५ सदस्यीय अखिल नेपाल किसान महासंघ क्रान्तिकारी त्रियुगा नगर कमिटी गठन गरेको छ ।

पार्टी नगर इन्चार्ज मीन प्रसादको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रिय सदस्य तथा ओखलढुंगा, उदयपुर जिल्ला इन्चार्ज विवेकको प्रमुख अतिथि रहेका थिए भने अतिथिहरु पार्टी उदयपुर जिल्ला सेक्रेटरी लक्ष्मण पौडेयाल, युवा संगठन नेपालका केन्द्रिय सचिव तिलक योगी, पार्टी उदयपुर जिल्ला कार्यालय सचिव दुर्गा, युवा संगठन नेपालका केन्द्रिय सचिवालय सदस्य तथा तीन नम्बर अभियान टोलि प्रमुख हरि बस्नेत, केन्द्रिय सदस्य कविता कार्की, सेक्सन सह कमान्डर हिक्मत, जनपत्रकार संगठन नेपाल उदयपुर अध्यक्ष अनिता गजमेर लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन युवा संगठन नेपालका केन्द्रिय सदस्य तथा सेक्सन कमान्डर कमरेड शङ्कर भुजेलले गरेका थिए ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथिबाट ब्यानर पढेर उदघाट्न गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिले भेलाले जिल्लाको सबै श्रमिक उत्पीडित वर्गको मुक्ति दिलाउने विश्वास व्यक्त गरे । शुभकामना दिदै भेलामा पार्टीको योजना र उपलब्धिबारे आफ्नो भनाइ राखेका थिए । उनले दश वर्ष जनयुद्धको मुख्य उपलब्धि भनेको अधिकारविहिनहरुलाई आफ्नो अधिकार मागेर हैन लडेर लिन्नु पर्छ भन्ने चेतनाको विकास गरेकाले सबै उत्पीडित वर्गहरु आफ्नो अधिकारको लागि लडिरहेको बताए , उनले अझै पनि समाजमा छुवाछूत नहटेको, मान्छेले मान्छेलाई गर्ने व्यवहार अलग भएको, महिलाहरुले पुरुष सरह अधिकार पाउन नसकेको र घरबार विहिनहरुले बस्ने ठाउँ नपाएको कारण आफूहरुले एकीकृत जनक्रान्ति हुँदै वैज्ञानिक समाजवादमार्फत जनताको समस्याको हल गर्ने बाटोमा लागेको बताए । यो दलाल संसदीय व्यवस्था खारेजी र प्रगतिशील संयुक्त सरकारको गठन, प्रगतिशील सरकारको नेतृत्वमा जनमत सङ्ग्रहमार्फत व्यवस्था चुन्ने अधिकार सबै उत्पीडित वर्ग लगायत आम नागरिकले पाउनुपर्ने बताए । नेता विवेकले अहिले नेपालमा एमसीसी भित्र्याउन यो दलाल सरकार लागिरहेकाले एमसीसी खारेजी नहुँदासम्म नेपाली जनताले लड्नुपर्ने बताए । उनले दलाल नेताहरुकै कारण एमसीसी नेपाल भित्रन खोजेको आरोप लगाए ।

कार्यक्रममा युवा संगठन नेपालका केन्द्रिय सचिव तिलक योगी र उदयपुर जिल्ला सेक्रेटरी लक्ष्मणले शुभकामना मन्तव्यसहित प्रशिक्षण दिएका थिए ।

नगर सेक्रेटरी देहज बिष्टले स्वागत मन्तव्य राखेका थिए भने अभियान तीन नम्बर प्रमुख हरि बस्नेतले प्यानल प्रस्ताव गरेका थिए र प्रमुख अतिथि ,अतिथिहरुबाट नवनिर्बाचित टिमहरूलाई टीका लगाई कार्यक्रमको सभाअध्यक्षले नवनिर्बाचित टिमलाई बधाई दिदै भेला समापन भयो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :