जनपत्रकार संगठन नेपाल सिन्धुपाल्चोकको प्रथम जिल्ला भेला सम्पन्न

जनपत्रकार संगठन नेपाल सिन्धुपाल्चोकको प्रथम जिल्ला भेला सम्पन्न

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हाम्रो ऐक्यवद्धता ! मानव अधिकारको रक्षा र सामाजिक उत्तरदायित्वका लागि जनपत्रकारीता !! भन्ने मूल नारासहित जनपत्रकार संगठन नेपाल सिन्धुपाल्चोकको प्रथम जिल्ला भेला बलेफीमा सम्पन्न भएको छ ।

उक्त भेलाले पार्वती बस्नेतको नेतृत्वमा ७ सदस्यीय जनपत्रकार संगठन नेपाल सिन्धुपाल्चोक जिल्ला सम्मेलन आयोजक कमिटी चयन गरेको छ ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी युगीनले जनपत्रकार संगठनले श्रमजीवी जनताको मिसन पत्रकारितालाई समात्न आवश्यक रहेको बताए । विश्वमा अहिले सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण रहेको भन्दै उनले २१ औँ शताब्दीमा विकास गरेको विज्ञान प्रविधिसहित पत्रकारितालाई र साइबर सेनाको भूमिका खेल्न सक्नु आजको आवश्यकता रहेको बताए । जनपत्रकारहरु यो दलाल संसदीय व्यवस्थाको भन्डाफोर गरि वैज्ञानिक समाजवादको पक्षमा जनतामा लेख, रचना र विचारहरु सम्प्रेषण गर्नु पर्ने उल्लेख गरे ।

उक्त कार्यक्रममा बोल्दै अर्का अथिति पार्टीका जिल्ला विशेष समिति सदस्य किरण घिमिरेले जनपत्रकारले वैज्ञानिक समाजवादको पक्षमा निरन्तर कलम चलाउनु पर्ने बताए । कार्यक्रमको सञ्चालन जिल्ला कमिटी सदस्य कुमार श्रेष्ठ गरेका थिए भने कार्यक्रमको अध्यक्षता पार्वती बस्नेतले गरेकी थिइन् ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोक जिल्लाले सन्चालन गरेको संगठन विस्तार अभियानमा मेलम्ची नगरपालिका १० मा दिपेन्द्र विकको नेतृत्वमा १३ सदस्यीय वडा स्तरीय  कमिटी विस्तार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :