काठमाडौँमा यातायात श्रमिकहरूको कमिटी गठन

काठमाडौँमा यातायात श्रमिकहरूको कमिटी गठन

काठमाडौँ : श्रमिक जागरण अभियानमा जुटेको नेकपा निकट मजदुर सङ्गठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले पछिल्लो समय सङ्गठन निर्माणमा तिब्रता दिएको छ । श्रमिक जागरण अभियान नाम दिएको महासंघको उक्त कार्यक्रममा वैज्ञानिक समाजवादी व्यवस्था र श्रमिक अधिकारका निम्ति जनमतसङ्ग्रहको नारा रहेको देखिन्छ ।

नेपाल कम्युनिस्ट पार्टीको प्रमुख र अग्रभागीय मोर्चा सङ्गठनको रुपमा रहेको सङ्गठनको बागमती प्रदेश नं. ३ उपत्यका क्षेत्र अन्तर्गत काठमाडौँमा यसरी यातायात श्रमिकहरूको कमिटी निर्माण भएको हो । यहि क्रममा मिति २०७८/०९/२४ गते कागेश्वरी मनोहरास्थित काँडाघारीमा चालकहरू सङ्गठित भएका थिए भने, मिति २०७८/०९/२५ गते बिहान कलङ्कीमा बिशेषगरि काठमाडौँ देखि चितवन रुट चल्ने माइक्रो बसका चालकहरूको सङ्गठन निर्माण गरिएको हो । महासंघको प्रमुख पेशागत संघ अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघको नवगठित उक्त काँडाघारी इकाई कमिटी अध्यक्षमा सन्तोष घर्तीमगर, सचिव अमर घर्तीमगर र गोबिन्द खड्का उपाध्यक्ष रहेको जनाइएको छ भने, कलङ्की कमिटी अध्यक्षमा राजु लामा, सचिव कविन बिष्ट लगायत रहेको समाचार प्राप्त भएको छ ।

कमिटीका नवनिर्वाचित पदाधिकारी र सदस्यहरूलाई महासंघका केन्द्रीय उपाध्यक्षसमेत रहेका बागमती प्रदेश–३ इन्चार्ज शिशिर थापाले हार्दिक बधाई एवम् शुभकामना दिएका थिए भने स्वागत यातायात श्रमिक संघका कार्यबाहक अध्यक्ष लालबहादुर तामाङले गरेका थिए ।

कार्यक्रममा महासंघको बागमती प्रदेश–३ उपत्यका बिशेष क्षेत्रका सदस्यहरूसँगै अभियानरत पेशागत घटक क्षेत्रका इन्चार्ज भिम शर्मा पौडेल समेतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :