रोल्पामा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न

रोल्पामा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न

रोल्पा : नेपाल कम्युनिस्ट पार्टी त्रिवेणी गाउँ कमिति रोल्पाको आयोजनामा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न भएको छ । नेकपाका पार्टी सदस्य त्रिवेणी–६ जावल निवासी चन्द्रबहादुर वलीको स्मरणमा श्रद्धाञ्जली सभा गरिएको हो वलीको ७० बर्षको उमेरमा पुस १५ गते निधन भएको हो, उनी रोल्पा जिल्लाकै पुरानो कम्युनिस्ट पार्टी सदस्य हुन् ।

श्रद्धाञ्जली सभामा नेकपा रोल्पाका बिशेष कमिटी सदस्य प्रयासले शोक मन्तव्य राखेका थिए भने विभिन्न राजनैतिक दल र स्थानीयको सहभागिता रहेको नेकपाका त्रिवेणी गाउँ कमिटी सेक्रेटरी भावुकले जानकारी दिए ।

गाउँ कमिटीका इन्चार्ज करणको अध्यक्षतामा भएको श्रद्धाञ्जली सभामा रोल्पा नगरपालिका इन्चार्ज प्रभात, रूण्टीगढी गाउँपालिका इन्चार्ज सेवक लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :