उदयपुरको बेलका नगरपालिकामा संयुक्त जबस मोर्चाहरूको भेला सम्पन्न

उदयपुरको बेलका नगरपालिकामा संयुक्त जबस मोर्चाहरूको भेला सम्पन्न

उदयपुर : जनमतसङ्ग्रहका लागि सङठन सुदृढ तथा बिस्तार अभियानका क्रममा उदयपुरको बेलका नगरपालिकामा संयुक्त जबस मोर्चाहरूको भेला सम्पन्न भएको छ । नेकपाको आयोजनामा पुस २४ गते बेलका नगरपालिका स्तरीय जबस मोर्चाहरूको प्रथम संयुक्त भेला सम्पन्न भएको हो । भेलाले गणेश घिमिरेको अध्यक्षतामा १५ सदस्यीय युवा सङ्गठन नेपाल बेलका नगर कमिटी, गोबिन्द ठाकुरको अध्यक्षतामा ११ सदस्यीय भूमिहीन सुकुम्बासी सङ्गठन बेलका नगर कमिटी र उर्मिला बिकको अध्यक्षतामा मा ११ सदस्यीय अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बेलका नगर कमिटी गठन गरेको छ । सोही कार्यक्रममा सहिद परिवारहरूलाई अभिनन्दनसहित सम्मान गरिएको थियो ।

रिता राईको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा उदयपुर जिल्ला इन्चार्ज बिबेक कुमाल प्रमुख अतिथि रहेका थिए भने उदयपुर जिल्ला सेक्रेटरी लक्ष्मण पौडेल, युवा सङ्गठन नेपालका केन्द्रीय सचिव तिलक योगी, उदयपुर जिल्ला कार्यालय सचिव दुर्गा, युवा सङ्गठन नेपालका केन्द्रीय सचिवालय सदस्य तथा तीन नम्बर अभियान टोली प्रमुख हरि बस्नेत, केन्द्रीय सदस्यहरू बिबेक, अजय, जनपत्रकार सङ्गठन नेपाल उदयपुर अध्यक्ष अनिता गजमेर लगायतका अतिथि रहेका थिए र कार्यक्रमको सञ्चालन युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य कविताले गरेकी थिइन् ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथिबाट मैन बत्ति बालेर गरिएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि तथा पार्टी केन्द्रीय सदस्य र उदयपुर ओखलढुङ्गा इन्चार्ज बिबेक कुमालले मानवअधिकारका लागि गास, बास, कपास, स्वास्थ्य, शिक्षा, रोजगार अनिवार्य भएकाले राज्यले त्यो प्रत्याभूति हुने गरि काम गर्न नसकेको टिप्पणी गरे । उनले सरकार जनताको पक्षमा उत्तरदायित्व नभएको कारण आज जनता भोकले मर्नुपर्ने अवस्था आएको, युवाहरू बिदेशीनु परेको र महिलाहरू दिनदिनै असुरक्षित हुनु परेको भन्दै सरकार यस विषयमा चुकेको र व्यवस्थाकै असफलता भएको भन्दै अब नेपालमा अभिव्यक्ति स्वतन्त्रता, मानवअधिकार रक्षाका लागि वैज्ञानिक समाजवाद अनिवार्य भएको दाबी गरे । साथै उनले वैज्ञानिक समाजवादका लागि नेपालमा जनमतसङ्ग्रह गर्नुपर्ने र सम्पूर्ण नेपाली जनताले जनमतसङ्ग्रहमा पार्टीलाई सहयोग गर्नु हुन अपिलसमेत गरे ।

पार्टी नगर सेक्रेटरी पुर्ण तामाङले स्वागत मन्तव्य राखेका थिए । त्यस्तै कार्यक्रममा युवा सङ्गठन नेपालका केन्द्रीय सचिव तिलक योगी, पार्टी जिल्ला सेक्रेटरी लक्ष्मण पौडेलले कार्याक्रममा पार्टीको बिचार र जनताले हिजो दस बर्ष जनयुद्धमा खेल्दै आएको भूमिका र अबको अपुरो क्रान्तिलाई पूरा गर्न नेकपाले मात्रै सक्ने र जनताले साथ दिन आग्रह गर्दै प्रशिक्षणसहित शुभकामना मन्तव्य राखेका थिए । अन्त्यमा नबगठित टिमहरूलाई प्रमुख अतिथिहरूबाट टीका लगाई सफलताको शुभकामना दिँदै सभाअध्यक्षबाट कार्यक्रम समापन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :