जनपत्रकार संगठन नेपाल काभ्रेको प्रथम भेला सम्पन्न, संयोजकमा नकुल

जनपत्रकार संगठन नेपाल काभ्रेको प्रथम भेला सम्पन्न, संयोजकमा नकुल

काभ्रेः जनपत्रकार सङ्गठन नेपाल काभ्रेको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । भेलाले  नकुल चौलागाईंको संयोजकमा ७ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।

नेपाल कम्युनिस्ट पाटीका केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज आधारको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न कार्यक्रमको जनपत्रकार संगठन नेपाल काभ्रेको प्रथम जिल्ला भेलाको कार्यक्रम सन्चालन नकुल चौलागाईंले गरेका थिए ।
उक्त कार्यक्रमको अध्यक्षता सबिना लामा गरेकी थिइन् । सोही भेलामा काभ्रेका पार्टी जिल्ला समित िसदस्य प्रेरक, किरण, शिक्षक संगठनका रत्न बहादुर महतको उपस्तिथि रहेको थियो।

कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य आधारले जनपत्रकार संगठन नेपालले अन्याय तथा शोषणमा परेका समुदायको पक्षमा सधैँ आवाज बुलन्द पार्नुपर्ने बताए । संगठनको दुई सार रहेको पनि प्रष्ट्याउदै एउटा क्रान्तिलाई विजयमा पुर्याउन आदि हात रहेको अर्को नयाँ कुराको खोज अनुसन्धान गर्नुपर्ने कार्यभार रहेको बताए । जनपत्रकार भनेको मिसन पत्रकारिता हो भन्दै उनले यो पत्रकारिताबाट राज्यसत्ता डराउने अवस्था सिर्जना हुने बताए ।

यस्तै कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी भुम्लु गाउँपालिका, चौरी गाउँपालिका सेक्रेटरी कृष्ण सेवा, कार्यलय सदस्य प्रेरक प्रमोद गिरी लगायतले शुभकामन मन्तव्य व्यक्त गर्दै नवनिर्वाचित टिमलाई बधाई तथा शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :