महाभारतमा सामना जनजागरण अभियान

महाभारतमा सामना जनजागरण अभियान

काभ्रे : नेपाल कम्युनिस्ट पार्टी काभ्रे जिल्लाको आयोजनामा जनजागरण अभियान अन्तर्गत जनमतसङ्ग्रह, महँगी, भ्रष्टाचार र राष्ट्रघातको बिरोधमा सामना जनजागरण अभियान सुरु भएको छ ।

अभियानले जनयुद्धको ऐतिहासिक ठाउँ महाभारत गाउँपालिका वडा नम्बर ४ महाँदेवटार, महाभारत गाउँपालिका वडा नम्बर ३ सानो पोखरा, महाभारत गाउँपालिका वडा नम्बर ६ बन्खु, महाभारत गाउँपालिका वडा नम्बर १ गोकुले धापमा जनसभासहित केन्द्रीय सामना परिवारको सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको थियो ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका काभ्रे जिल्ला सेक्रेटरी प्रताप तामाङले दलाल संसदीय व्यवस्था ध्वस्त गरि वैज्ञानिक समाजवाद स्थापना गर्ने प्रतिबद्धतासहित एकीकृत जनक्रान्तिमा लामबद्ध हुन महाभारतका जनतालाई आह्वान् गरे ।

अभियान टोलीले सङ्गठन निर्माण, भित्तेलेखन, जनभेटघाट, छलफल आदि गरेको थियोे । अभियान टोली २६ जनाको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :