विद्यार्थी जागरण अभियान २०७८ पाल्पामा शुरु

विद्यार्थी जागरण अभियान २०७८ पाल्पामा शुरु

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) को पुर्वघोषित केन्द्रीय विद्यार्थी जागरण अभियान २०७८ पाल्पामा शुरु भएको छ । बिहीबार बिहान तानसेनको मोहनकन्या माविमा एक कार्यक्रमका बीच उद्घाटन गरिएको केन्द्रीय सदस्य तथा गुल्मी÷पाल्पा जिल्ला इन्चार्ज लङ्कबहादुर रानाले जानकारी दिए ।

कार्यक्रममा पाल्पा जिल्ला संयोजक सुदिप विश्वकर्मा, रोल्पा जिल्ला उपाध्यक्ष सिज, दाङ जिल्ला कोषाध्यक्ष चुडामणि र बाँके जिल्ला सचिवालय सदस्य लगायतका अभियान यात्रीहरूको उपस्थिति रहेको थियो । अभियान क्याम्पस र प्लसका विद्यालयहरूमा चल्ने बताइएको छ ।

उक्त अभियान शुरुआतकै कार्यक्रमका बीचबाट मनिका कुमालको नेतृत्वमा २५ सदस्यीय मुल इकाई कमिटी मोहनकन्या मावि पनि गठन गरिएको छ । साथै उक्त अभियानले तानसेन बजारका विभिन्न ठाउँहरूमा राष्ट्रघाती एमसीसी सम्झौताका विरुद्धमा व्यापक भित्तेलेखन पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :