जनगणतान्त्रिक मञ्चद्वारा पातली तामाङप्रति श्रद्धाञ्जली

जनगणतान्त्रिक मञ्चद्वारा पातली तामाङप्रति श्रद्धाञ्जली

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समितिले श्रद्धाञ्जली वक्तव्य जारी गर्दै मञ्चका केन्द्रीय सदस्य प्रेम लामाकी आमा पातली तामाङप्रति श्रद्धाञ्जली प्रकट गरेको छ ।

मञ्चका अध्यक्ष कमानसिंहले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय सदस्य प्रेम लामाकी आमा पातली तामाङको ७४ वर्षको उमेरमा यही मिति २०७८ पुस ९ गते निधन भएको हुँदा सङ्गठनलाई दुःखी बनाएको छ । उहाँप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दैछौँ । साथै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :