जनपत्रकार सङ्गठन नेपाल नवलपुरको प्रथम जिल्ला भेला सम्पन्न

जनपत्रकार सङ्गठन नेपाल नवलपुरको प्रथम जिल्ला भेला सम्पन्न

नवलपुर : जनपत्रकार सङ्गठन नेपाल नवलपुरको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । भेलाले सङ्गठनका जिल्ला संयोजक भानु चापागाईंको अध्यक्षतामा ७ सदस्यीय जिल्ला समिति चयन गरको छ ।

नवलपुरको सदरमुकाम कावासोतीमा जनपत्रकार सङ्गठन नेपालका केन्द्रीय सदस्य ध्रुव बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा नेपाल कम्युनिस्ट पार्टीका नवलपुर सेक्रेटरी शितल लगायतको आतिथ्यता रहेको थियो । साथै कार्यक्रममा नवलपुरमा क्रियाशील क्रान्तिकारी पत्रकारहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य बरालले जनपत्रकारले समाजको पिँधमा रहेका र अन्याय तथा शोषणमा परेका समुदायको पक्षमा सधैँ आवाज बुलन्द पार्नुपर्ने बताए । यस्तै कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नवलपुरका जिल्ला सेक्रेटरी शितलले मन्तब्य व्यक्त गर्दै नवनिर्वाचित टिमलाई बधाई तथा शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :