तीन बुँदे सहमति १२ बुँदे जस्तो होइन : प्रकाण्ड

तीन बुँदे सहमति १२ बुँदे जस्तो होइन : प्रकाण्ड

दैलेखः नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले तीन बुँदे सहमति कुनै विदेशीहरुले गराए जस्तो १२ बुँदे सहमति जस्तो नभएको बताएका छन् ।
नेकपा दैेलेखले बिहीबार सदरमुकाम दैलेख बजारमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाण्डले यस्तो बताएका हुन् ।

उनले प्रचण्डहरुले गरेको १२ बुँदे सहमति र आफ्नो पार्टीले गरेको तीन बुँदे सहमति आकास जमिनको फरक भएको दावी गरे । उनले बरु तीन बुँदे सहमतिको स्पिड सरकारले कार्यान्वयन नगरेको भन्दै आपत्ती जनाए ।
उनले भने “तीन बुँदे सहमति यथाशिघ्र कार्यान्वयन गर्नु पर्छ ,नत्र सरकार बेइमान ठहरिने छ त्यसको परिणाम सरकारले भोग्नु पर्छ । ”

प्रवक्ता प्रकाण्डले १२ बुँदे सहमति गर्दा भारतको इसारामा प्रचण्ड भारतको पाउनमा परेर गरेको उल्लेख गर्दै हामी कोही कसैको पाउनमा नपरेर जनताको तागतले तीन वुदे गरेका हौं भने ।
उनले आफ्नो पार्टी माथि औचित्यहिन तरिकाले सरकारले प्रतिबन्ध लगाएकोमा स्वयं सरकार आफै चौतर्फि संकट र

दबावमा परेकाले त्यसको परिणाम रुवरुप तीन बुँदे सहमति भएको बताए । तीन बुँदे सहमति आफ्नो पार्टीले अक्षरस कार्यान्वयन गरेपनि सरकारले कार्यान्वय नगरेको भन्दै उनले आफ्ना सयौ कार्यकर्ता जेलमा रहेको र रिहा गर्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :