युवा संगठन नेपाल केन्द्रिय अभियानको समिक्षात्मक बैठक सम्पन्न

युवा संगठन नेपाल केन्द्रिय अभियानको समिक्षात्मक बैठक सम्पन्न

जनमत सङ्ग्रहका लागि संगठन सुदृढ तथा विस्तार अभियान सफल पारौं भन्ने मूल नाराका साथ युवा संगठन नेपालले सञ्चालन गरिरहेको केन्द्रिय अभियानको समिक्षात्मक बैठक उदयपुरमा  सम्पन्न भएकाे छ  ।

अभियान अन्तरगत ३ नम्बर टोलिको टिम ए, टिम बी र टिम सी ले २० र २१ गते अभियान टिमको  समिक्षात्मक बैठक सम्पन्न गरेको छ ।
३ वटा ठाउँमा चलेको अभियानको ३ वटा ठाउँमा समिक्षात्मक बैठक बसेको छ । उदयपुर जिल्ला पार्टी सेक्रेटरी लक्ष्मण पौडेयाल, संगठनका केन्द्रिय सचिव तिलक योगी र ३ नम्बर अभियान टिमका टिम प्रमुख हरि बस्नेत र ३ नम्बर टिम ए का टिम प्रमुख शंखर भुजेल, पार्टी नगर इन्चार्ज मीन प्रसाद पोख्रेल, जिल्लाका नेता कार्याकर्ता र अभियान टोलिहरुको उपस्तिथि रहेको थियो ।
त्यसैगरी ३ नम्बर टोलि टिम बी को रौतामाई गाउँपालिकामा पार्टी सेक्रेटरी लक्ष्मण पौडेयाल र संगठनका केन्द्रिय सचिव तिलक योगी टिमका टिम प्रमुख वसन्त श्रीस र रौतामाई गाउँपालिका इन्चार्ज मान बहादुर दनुवार र जिल्लाका नेता कार्यकर्ता र अभियान टोलिहरु रहेका थिए । ३ नम्बर टोलिका टिम सी ले बेलाका नगरपालिकामा पार्टीको सेक्रेटरी लक्ष्मण पौडेयाल, संगठनका केन्द्रिय सचिव तिलक योगी टिमका टिम प्रमुख हरि बस्नेत, नगर सेक्रेटरी पुर्ण तामाङ र जिल्लाका नेताकार्यकर्ता र अभियान टिमहरुको उपस्तिथि रहेको थियो ।

प्रत्येक टिममा बसेको समिक्षा बैठकले हालसम्मको अभियान उपलब्धिमुलक भएको र आगामी अभियान थप प्रभावकारी बनाउन विभिन्न कार्यविधी बनाउने निष्कर्षसहित बैठक सम्पन्न भएको छ ।

२१ गतेसम्म उदयपुरमा चलेको अभियानको विवरण यसप्रकार रहेको छ –
केन्द्रिय अभियान टोलि ३ नम्बर टिम
१. युवा संगठन १५, जम्मा संगठित सदस्य १२८ जना
२. महिला संगठन १३, जम्मा संगठित सदस्य ११३ जना
३. किसान संगठन ८, जम्मा संगठित सदस्य ५६ जना
४. भुमिहिन सुकुम्बासी संगठन ५, जम्मा संगठित सदस्य २९ जना
५. अखिल क्रान्तिकारी ६, जम्मा संगठित सदस्य ९५ जना
६. पार्टी सेल कमिटी पुनर्गठन ३ , जम्मा संगठित सदस्य २६ जना
७. विभिन्न संगठनका सल्लाहकार हरु ११ जना
८. सम्पर्क ब्यक्ति ९ जना
८ जम्मा संगठित सदस्य संख्या ४३८ जना
९. युवा सदस्यता वितरण १५०
१०. भित्तेलेखन ४०० नाराहरु
११. कोण सभा १
१२. श्रम ६ स्थानमा
१३. अन्तरक्रिया ८ स्थानमा जम्मा करिब १२० जनासँग

जनमत सङ्ग्रहका लागि संगठन सुदृढ तथा विस्तार अभियान सफल पारौं भन्ने मूल नाराका साथ युवा संगठन नेपालले केन्द्रिय सचिव तिलक योगीको नेतृत्वको ४ नम्बर अभियान टिम सिराहामा युवा संगठन नेपालका केन्द्रिय सचिवलय सदस्य तथा अभियानको टिम प्रमुख विचारमानको नेतृत्वमा तिव्र रुपले अभियान संचालन गरिरहेको छ ।

हालसम्म चार नम्बर अभियान टिमले सिराहामा गरेको विवरण यसप्रकार रहेको छ- 

१) युवा संगठन नेपाल केन्द्रिय अभियान ४ नम्बर टिमको कमिटी ७ ओटा
२) महिला २ सहित ९ कमिटी
३) युवा संगठन नेपाल ७ कमिटी, संगठित सदस्य सङ्ख्या १४१ जना
४) महिला कमिटी २, संगठित सदस्य सङ्ख्या ३० जना
५) जम्मा संगठित सदस्य १७१
६) जम्मा युवा सदस्य बितरण सङ्ख्या २४७
७) जम्मा महिला सदस्य बितरण सङ्ख्या ११५ जना
८) कोणसभा ४ ठाउँ
९) मार्च पास २ ठाउँ
१०) वाल पेन्टीङ ३१ ओटा
११) सरकारी स्कुलसहित पार्टी कार्यालय सरसफाई ४
१२) राजनैतिक भेटघाट वडा अध्यक्ष लगायत १५ ठाउँ
वाल पेन्टीङ ३१
१३) सबै कार्यक्रमसहित प्रत्यक्ष जनतासँग भेटघाट ८१५ जनासँग गरिएको युवा संगठन नेपालका केन्द्रिय सचिवलय सदस्य तथा अभियान टिमका टिम प्रमुख विचारमानको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :