निलकण्ठ भुसालको श्रद्धाञ्जली सभा सम्पन्न

निलकण्ठ भुसालको श्रद्धाञ्जली सभा सम्पन्न

नेकपाका केन्द्रीय सदस्य भेषराज भुसालका बुवा नीलकण्ठ भुसालको श्रद्धाञ्जली सभा कार्यक्रम गरिएको छ । जिल्लाको शिवराज नगरपालिका ३, खरेन्द्रपुर निवासी स्वर्गीय भुसालको बिहीबार संयुक्त रुपमा श्रद्धाञ्जली सभा कार्यक्रम गरिएको बताइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी केन्द्र) र नेकपा (एस) को संयुक्त आयोजनामा सभा कार्यक्रम आयोजना गरिएको नेकपा कपिलवस्तुले जनाएको छ ।

सभा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले होनहार देशप्रेमी अभिभावक गुमाएको दुःखद भएको बताए । शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै जनयुद्धमा एकदमै सह्रानीय भूमिका निर्वाह गरेको स्वर्गीय भुसालको योगदानलाई महासचिव विप्लवले स्मणर गरे । वर्तमान संस्कृति र कम्युनिष्ट संघर्षबारे उल्लेख गर्दै देशको राजनीतिले जनमत संग्रह गर्न जरुरी रहेको उनले बताए । देश बनाउन ६३ प्रतिशत कम्युनिष्टको भूमिका रहेकोले हरेक तवरले शिक्षा, स्वास्थ्य र अन्य सेवासुविधालाई केन्द्रित गरि प्राथमिकतामा राख्नुपर्ने बताए ।

स्व. भुसालले जनयुद्धकालमा गाँसबासको व्यवस्थापनमा एकदमै सकारात्मक भूमिका खेलेको महासचिवले उल्लेख गरे । श्रद्धाञ्जली मन्तव्यका क्रममा महासचिव विप्लवले सामान्य परिवारमा जन्मिएर पनि सन्तानलाई शिक्षादिक्षा प्रदान गर्न, समाजसेवा, राजनीति जस्ता सामाजिक काममा लाग्न प्रेरित गर्ने नीलकण्ठ भुसालजस्ता बुबाहरू कमै हुने भन्दै बुबाको प्रशंसा गरे । जनयुद्ध र एकीकृत जनक्रान्तिमा पनि बुबाको निरन्तर महत्वपूर्ण साथ सहयोग रहेको स्मरण गरे ।

उक्त श्रद्धाञ्जली सभा कार्यक्रममा कमल केसी, कमल चुदाली, राम लाल काफ्ले, बृहस्पति अधिकारी, मिना परियार, राम चन्द्र शाह, केरसिङ अदै लगायत दर्जनौँ नेताहरुले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

केन्द्रीय सदस्य भुसालका ९३ वर्षीय बुबा नीलकण्ठ भुसालको पुस १४ गते बुधबार साँझ शिवराज नगरपालिका वडा नं. ३ खरेन्द्रपुरमा निधन भएको थियो । नेकपाका महासचिव विप्लवको अन्तिम संस्कार सहभागिता रहेको थियो । १९८६ सालमा साविक अर्घाखाँची जिल्ला नुवाकोट गाविस वडा नं. ३ मा नीलकण्ठ भुसालको जन्म भएको थियो । भुसालका तीन छोरा र तीन छोरी छन् । नेकपा नेता भेषराज नीलकण्ठका जेठा छोरा हुन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :