युवा संगठन नेपाल अभियान टिमद्वारा र्यालीसहित कोणसभा सम्पन्न

युवा संगठन नेपाल अभियान टिमद्वारा र्यालीसहित कोणसभा सम्पन्न

युवा संगठन नेपाल केन्द्रिय अभियान ४ नम्बर टिमले सिराहाको कल्याणपुर ८ अरंग टोलमा अमित कुमार मण्डलको संयोजकत्वामा २३ सदस्यीय टोल इकाई कमिटी गठन गरेको छ । निर्वाचित सम्पूर्ण सदस्यलाई सेक्रेटरी सुशीलले अविर लगाएर स्वागत तथा बधाई दिएका थिए ।

उक्त अभियानमा अखिल नेपाल महिला संघ क्रान्तिकारी महारानी देवी मन्डलको संयोजकत्वमा १५ सदस्यीय अरंग टोल इकाई कमिटी गठन गरिएको छ । अरंग टोलको जनभेलामा श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रिय सचीव तथा पुर्ब सभासद राम कुमार पासवान,युवा संगठन नेपालका केन्द्रिय सचिवालय सदस्य तथा ४ नम्बर अभियान टिम प्रमुख विचारमान, सिराहा जिल्ला सेक्रेटरी सुशील लगायतको उपस्थिति रहेको थियो ।

भेलामा रामकुमार पासवानले जनमत सङ्ग्रहको लागि तयार रहन सहभागीलाई अपिल गरेका थिए । ३ बुँदे सहमतिलाई आलटाल गरिरहेको बताउदै उनले सरकारले तत्काल कार्यान्वयन नगरे ठूलै क्षेती भोग्नु पर्ने चेतावनी दिए । जत्ति पटक भोट हाले पनि जनता खरको चुहिएको झुप्रोमा बस्न बाध्य हुने तर वडा अध्यक्ष, मेयर बनेपछि एक सालमै ठूलठूलो महल बनाउने व्यवस्था खारेज गरेर वैज्ञानिक समाजवादी व्यवस्था जनताको व्यवस्था स्थापना गर्न सबैले साथ दिनुपर्ने अपिल गरे । कार्यक्रम ज्योतिषले सञ्चालन गरेका थिए । अरंग बजारमा स्थानियको सहभागी भएर र्यालीसहित कोणसभा गरिएको थियो ।

र्यालिमा जनमत सङ्ग्रहका लागी संगठन सुदृढ तथा विस्तार अभियान २०७८ भब्य रुपले सफल पारौं, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद, वीर सहिदहरु लाल सलाम, ३ बुदे सहमति लागू गर, राज बन्दीलाई रिहाई गर । एमसीसप् खारेज गर, राष्ट्रिय स्वाधीनताको रक्षा गरौं, युवा संगठन नेपाल जिन्दावाद जस्ता जोडजोडले नारा लगाइएको थियो । कोणसभामा सिराहा जिल्ला नेता उचित महराले मन्तव्य राखेका थिए। कल्याणपुर माछाबाजारदेखि मिर्चैया जाने बाटोसम्म मार्च पास गरिएको थियो । ठाउँ ठाउँमा भित्तेलेखन पनि गरिएको अभियान टिम नम्बर ४ ले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :