महासचिव विप्लवद्वारा लीलाम्बर पाठकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त

महासचिव विप्लवद्वारा लीलाम्बर पाठकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेकपा निकट अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रीय अध्यक्ष घनश्याम पाठकका बुबा लीलाम्बर पाठकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । मङ्गलबार शोक वक्तव्य जारी गर्दै महासचिव विप्लवले सङ्गठनका केन्द्रीय अध्यक्ष घनश्याम पाठकलगायत सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना पनि प्रकट गरेका छन् ।

महासचिव विप्लवद्वारा जारी शोक वक्तव्यमा भनिएको छ, ‘अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रीय अध्यक्ष घनश्याम पाठकका आरदणीय बुबा लीलाम्बर पाठकको ८९ वर्षमा २०७८ साल पुस १९ गते सोमबार भएको निधनले पार्टीलाई दुःखी बनाएको छ । उहाँप्रति पार्टी हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछ र घनश्याम पाठकसहित शोकसन्तप्त सम्पूर्ण परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ ।’

शोक वक्तव्यमा अगाडि भनिएको छ, ‘बुबा लीलाम्बर नेपालको कम्युनिस्ट आन्दोलनका सहयोगी हुनुहुन्थ्यो । उहाँले निरङ्कुश पञ्चायती व्यवस्थाको समयदेखि जनयुद्धको समयसम्म कयौँ क्रान्तिकारी नेता–कार्यकर्तालाई सुरक्षित बासस्थलको व्यवस्था गर्नुभएको थियो । परिवारका सदस्यहरुलाई शैक्षिक, राजनीतिक, सामाजिक र सांस्कृतिक रुपमा शिक्षित र दीक्षित पार्न उहाँको ठूलो भूमिका रहेको छ । समाजमा उहाँको योगदान सदा स्मरणीय रहनेछ ।’

शिक्षक सङ्गठनका अध्यक्ष पाठकका बुबा लीलाम्बर पाठकको ८९ वर्षको उमेरमा सोमबार साँझ कपिलवस्तु जिल्लाको वाणगङ्गा नगरपालिका वडा नं. ४ गजेहडास्थित निवासमै भएको थियो । लीलाम्बर पाठकको जन्म १९९० साल वैशाख १२ गते बागलुङ जिल्लाको साबिक हरिचौर गाविस वडा नं. ९ चरौँदी, हालको गल्कोट नगरपालिका वडा नं. ६ मा भएको थियो । पाठकको परिवार २०४४ सालमा बागलुङबाट कपिलवस्तु बसाइँ सरेको थियो ।

पञ्चायतकालदेखि नै नेपालको कम्युनिस्ट एवम् वामपन्थी आन्दोलनमा प्रत्यक्ष–अप्रत्यक्ष योगदान पुर्याउँदै आएका लीलाम्बर पाठकले धेरै अग्रज कम्युनिस्टलाई सुरक्षित बासस्थल (सेल्टर) उपलब्ध गराएका थिए । लीलाम्बर अल्जाइमरका रोगी थिए । उनका श्रीमती, २ छोरा र २ छोरीका तर्फबाट ९ नातीनातिना छन् । सङ्गठनका अध्यक्ष पाठक लीलाम्बरका तेस्रो सन्तान हुन् । अध्यक्ष घनश्याम पाठक बुटवलको स्थापित कालिका क्याम्पसका प्रमुख हुन् । शोक वक्तव्यको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :