युवा संगठन नेपालको केन्द्रिय अभियान सिराहामा तिव्र

युवा संगठन नेपालको केन्द्रिय अभियान सिराहामा तिव्र

जनमत सङ्ग्रहका लागि संगठन सुदृढ तथा विस्तार अभियान सफल पारौं भन्ने मूल नाराका साथ युवा संगठन नेपालले केन्द्रिय अभियान सिराहामा तिव्र रुपले संचालन गरिरहेको छ ।

अभियानको ४ नम्बर टिमले सिरहाको कर्जन्हा नगरपालिका १ बल्टिया टोलमा शंकर कुमार फुयालको संयोजकत्वमा २१ कमिटी गाउँ इकाई कमिटी गठन गरेको छ । भेलामा युवा संगठन नेपालका केन्द्रिय सचिव तथा ३ र ४ नम्बर टिमका इन्चार्ज तिलक, युवा संगठन नेपालका केन्द्रिय सचिवालय सदस्य तथा टिम नम्बर ४ का प्रमुख विचारमान, पूर्व सभासद तथा श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रिय सचिव राम कुमार पासवान लगायतका नेताहरुले मन्तव्य राखेका थिए ।

मन्तव्यमा ४ नम्बर टिम प्रमुख विचारमानले दलाल पुजीवादी संसदिय व्यवस्थाले नेपाली युवाहरूलाई विदेशी भूमिमा बेचिन बाध्य बनाएकोले यसको विकल्पमा जनमत सङ्ग्रहको चुनावमार्फत वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गरेर जनतालाई अधिकार प्रदान नगरे युवा आन्दोलन सृजना गर्ने चेतावनी दिएका थिए । देशमा अमेरिकी दलालहरुले एमसीसी जस्तो राष्ट्रघाती सम्झौता पास गरे लखेट्नु पर्ने समेत दाबी गरे ।

जनभेलालाई सम्बोधन गर्दै नेता पासवानले नो लाल पुर्जा नो भोट गर्नुपर्ने र एकीकृत जनक्रान्तिमा लामबद्ध हुन सम्पूर्ण उत्पीडित वर्ग, जाति, समुदायलाई आव्हान गरेका थिए । नवगठित युवाहरुलाई अविर लगाएर स्वागत तथा बधाई दिएका थिए । कार्यक्रमको संचालन युवा संगठन नेपाल केन्द्रिय सदस्य सन्तोष सुबेदीले गरेका थिए । जनभेलामा स्थानीय जनता र युवाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

यसैगरी युवा संगठन नेपालको केन्द्रिय अभियान टिम नम्बर ४ ले यही पुष १७ गते सिरहा जिल्लाका कर्जन्हा नगरपालिका ३ जनक चोकदेखि शिव चोकसम्म र्यालीसहित कोणसभा गरेको छ । कोणसभामा युवा संगठन नेपालका केन्द्रिय सदस्य तथा सिरहा सप्तरी इन्चार्ज कार्तिक, जिल्ला संयोजक ज्योतिष लगायतले सम्बोधन गरेका थिए । यस्तै पुष १८ गते कर्जन्हा नगरपालिका ६ बरहरा मिर्चैया टोलमा जनभेलासहित रुपेश ठाकुरको संयोजकत्वमा १५ सदस्यीय टोल इकाई कमिटी गठन गरिएको छ । जनभेलामा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा सिराहा सप्तरी इन्चार्ज बलवान, सप्तरी जिल्ला सेक्रेटरी बिमला, युवा संगठन नेपालका केन्द्रिय सचिवालय सदस्य तथा ४ नम्बर टिम प्रमुख विचारमान, पूर्व सभासद तथा श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रिय सचिव राम कुमार पासवान लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।


जनभेलामा सम्बोधन गर्दै राम कुमार पासवानले दलाल संसदीय व्यवस्थाका प्रतिनिधिहरुले श्रमिक समुदायहरुकै भोटको अपमान गरेको आरोप लगाए । अबको देशको नेतृत्व गर्न सक्ने पार्टी र संगठन नेपाल कम्युनिस्ट पार्टी मात्र रहेको बताए । प्रचण्ड, बाबुरामले गद्दारी गरेको कारण आज यसरी युवा अभियान संचालन गर्नु परेको बताए । विचारमानले संसदिय व्यवस्थाको संकटको निकास लोकतन्त्रवादी, वामपन्थी, क्रान्तिकारी बिचको प्रगतिशील संयुक्त सरकार र प्रगतिशील संयुक्त सरकारको नेतृत्वमा जनमत सङ्ग्रहको चुनाव गर्दै वैज्ञानिक समाजवादी जनताको व्यवस्था स्थापना गर्नु पर्ने बताए। कार्यक्रमको संचालन युवा संगठन नेपाल केन्द्रिय सदस्य अविनासले गरेका थिए ।

त्यसैगरी युवा संगठन नेपाल केन्द्रिय अभियान टिम नम्बर ४ ले कर्जन्हा ११ को कर्जन्हा बजारमा र्याली सहित कोणसभा गरेको छ । कोणसभामा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा सिरहा सप्तरी इन्चार्ज बलवान, युवा संगठन नेपाल केन्द्रिय सचिवालय सदस्य विचारमान पूर्व सभासद तथा श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रिय सचिव राम कुमार पासवान र युवाहरु लगायत जनताको भव्य उपस्थिति रहेको थियो । कोणसभामा विचारमानले सम्बोधन गरेका थिए । अभियान टिम नम्बर ४ ले युवा संगठन नेपाल जिन्दावाद, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद, दलाल पुजिवादी संसदिय व्यवस्था मुर्दावाद, एमसीसी खारेज गर, असमान राष्ट्रघाती सन्धि सम्झौता खारेज गर, जनमत सङ्ग्रहका लागि संगठन सुदृढ तथा विस्तार अभियान सफल पारौं, देश बेच्न पाईदैन, एमसीसी चाहिदैन, एकीकृत जनक्रान्ति जिन्दावाद, भ्रष्टाचारीलाई कार्बाही गर, मिटर ब्याजीलाई कार्बाही गर, सुकुम्बासीलाई लालपुर्जा दे भन्ने नाराले सिराहाका हरेक चोकहरुमा घन्किएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :