नेकपा रूपन्देहीद्वारा लिलाम्बर पाठकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त

नेकपा रूपन्देहीद्वारा लिलाम्बर पाठकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त

काठमाडौँ : नेकपा रूपन्देहीले अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रीय अध्यक्ष घनश्याम पाठकका बुवा लिलाम्बर पाठकप्रति श्रद्धाञ्जली प्रकट गरेको छ । जिल्ला इन्चार्ज कृति र सेक्रेटरी विश्वासले मङ्गलबार शोक वक्तव्यमार्फत ९० वर्षीय लिलाम्बर पाठकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका हुन् । लिलाम्बर पाठकको पुस १९ गते सोमबार साँझ निधन भएको थियो ।

शोक वक्तव्यमा भनिएको छ, ‘उहाँले नेपालको कम्युनिस्ट एवम् वाम आन्दोलनमा लामो समयदेखि प्रत्यक्ष अप्रत्यक्ष योगदान गर्दै आउनु भएका लिलाम्बर पाठकको निधनले हाम्रो पार्टी दुःखी भएको छ । हामी मृतक लिलाम्बर पाठकप्रति श्रद्धाञ्जली प्रकट गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :